सर्वोच्चले देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छु : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने सूचना प्राप्त गरेको जानकारी दिनुभएको छ । मंगलबार जनकपुरमा रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

उहाँ जनकपुरमा पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न आइनुभएको हो । उहाँले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र देउवाले सपथ खानेमा कुनै शंका नरहेको ठोकुवा गर्नुभयो । यसअघि चितवन जानेक्रममा धादिङमा प्रचण्डले सर्वोच्चले २१ मन्त्रीको जागिर जाने सूचना पाएको भन्दै बोल्नुभएको थियो । त्यसको भोलिपल्ट अदालतले २१ मन्त्रीको जागिर खोसेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...