माधवले देउवालाई बेचेको सांसदको हस्ताक्षर फिर्ता नहुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ । एमाले केन्द्रीय कमिटीको असार १८ र १९ गते बसेको बैठकले देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसला आउँदासम्म ज जसको हस्ताक्षर देउवाको पक्षमा कायम रहन्छ उनीहरु एमाले हुन नसक्ने बताइसकेका छन् ।

बैठकपछि पनि उपमहासचिव बिष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर एमाले एक छ भनेर सन्देश दिन अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य जारी गर्न सुझाव दिएका थिए । नेपालले आफू सकारात्मक रहे पनि वक्तव्यको मस्यौदा कार्यदलले तयार पारोस् भनेका थिए । त्यसका लागि ओलीसँग भेटेर छलफल गर्न गर्न आफूहरुले गरेको आग्रह नेपालले अश्वीकार गरेको पौडेलले बताएका छन् ।

विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमा हस्ताक्षर समेत गरेका छन् । संवैधानिक इजलासमा भइरहेको उक्त रिटमाथिको सुनुवाई सम्भवतः आज सकिदैछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतमा सुनुवाइ नसिकदै एमालेका सांसदहरुको समर्थन देउवालाई नरहेको र एमालेका १२१ जना सांसद एक ठाउँमा रहेको सन्देश दिन खोजेका छन् ।

त्यसका लागि केन्द्रीय कमिटी बैठकमार्फत उनले हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाएका हुन् । तर नेपाल पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने भन्दै हस्ताक्षर फिर्ता नलिने अडान राखेको छ । हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिने नेपाल पक्षको भनाइ छ । तर अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए एमाले एकताको च्याप्टर बन्द हुने बताएका छन् ।

यसबीचमा वार्तामा सहभागी माधव पक्षका नेताहरुले माधव नेपाललाई प्रभावित पार्न सक्ने नेता भीम रावलसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए । ओलीले रावललाई आइतवार साँझ बोलाएर बालुवाटारमा करीव डेढ घण्टा कुरा गरेका थिए । अ‍ोलीलाई भेट्नुअघि रावल माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए । अ‍ोली र रावलबीच के कुरा भयो भन्ने दुवै पक्षले खुलाएका छैनन् । तर सर्वोच्च अदालतको फैसला जे आउँछ त्यस आधारमा एमाले एकता हुनसक्ने भन्दै रावलले हस्ताक्षर फिर्ता नहुने जानकारी दिएको बताइएको छ ।

ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट विहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यस बैठकले असाधारण निर्णय गर्ने बताएका छन् । माधव नेपाल निकट नेता जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाअघि एमालेका २३ जनामध्ये कुनै पनि सांसदले देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता नलिने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...