एमाले बैठकमा महेश बस्नेतको ८ बुँँदे प्रस्ताव



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज बस्नेतले संघीयताकाे समीक्षा हुनुपर्ने प्रस्ताव राखेका हुन् । बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् । बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।

उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् । उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

 

नेकपा (एमाले) केन्द्रिय कमिटीको चालु बैठकमा क.महेश बस्नेत द्वारा प्रस्तुत नेपाली जनजनले अनुमोदन गरेको आठ प्रस्ताव :-
१. संघीयताको बारेमा समिक्षा गरौं ।
२. मुलुकको बिशिष्ट पहिचान घोषणा गरौं ।
३. धर्म निरपेक्षताको बारेमा बहस गरौं ।
४. शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ ।
५. दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गरौं ।
६. पार्टी अध्यक्ष २ कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यब्स्था गरौं ।
७. पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौं ।
८. पार्टी महाधिवेशनको राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यही बैठकबाट कार्यदल बनाएर जाउ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...