एमाले महाधिवेशन आयोजक कमिटी भंग, को-को थपिए स्थायी कमिटीमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो जानकारी दिएका हुन् । नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता

पनि अटाए

 

नेकपा एमालेले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो ।

आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी मिति सदस्य बनेका छन् । उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन् ।

यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...