एमालेमा आयोजक कमिटीको कुनै वैधता छैनः गोकर्ण विष्ट



हाम्रो इकोनोमि

 

 

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ ।

तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् ।

वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । तर आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...