एमालेको पुरानै कमिटी ब्युँताएपछि माधव नेपाल संकटमा



हाम्रो इकोनोमि

 

 

माग बमोजिम नै नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि नैतिक संकट परेको छ । अब एमालेभित्रै रहेर संघर्ष गर्ने या विद्रोह गरेर नयाँ पार्टी खोल्नेबारे उनलाई टुंगोमा पुग्न कठिन भएको छ । त्यसमाथि आफू पक्षधर नेताले साथ दिने हुन् या होइनन् भन्ने चुनौती तेर्सिएको छ ।

आज एमालेको महाधिवेशन आयोजक कमिटी बस्दैछ । त्यसपछि ब्युँतिएको केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ । एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि पदाधिकारी स्वतः रहने अवस्था बनेको छ । पदाधिकारीमध्ये बहुमत माधव नेपाल पक्षधर छन् । अब उनीहरु डाकिएको बैठकमा जाने हुन् या होइनन् ? प्रश्न उठेको छ ।

नेपाल खेमाका प्रभावशाली नेता भीम रावलले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी फर्काउनुलाई सकारात्मक संकेत भनेका छन् । उनले अझै आशंका गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको विषय बाँकी रहेको स्पष्ट पारे । नेता रावलले बैठकमा जान सकिने संकेत पनि गरे ।

एमाले बैठकमा माधव नेपाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरुलाई भने निम्तो गरिएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताइएकाले नेपाल खेमाका निम्तो गरिएका नेताहरु भने जानसक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...