एमालेको पुरानै कमिटी ब्युँताएपछि माधव नेपाल संकटमा



हाम्रो इकोनोमि

 

 

माग बमोजिम नै नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि नैतिक संकट परेको छ । अब एमालेभित्रै रहेर संघर्ष गर्ने या विद्रोह गरेर नयाँ पार्टी खोल्नेबारे उनलाई टुंगोमा पुग्न कठिन भएको छ । त्यसमाथि आफू पक्षधर नेताले साथ दिने हुन् या होइनन् भन्ने चुनौती तेर्सिएको छ ।

आज एमालेको महाधिवेशन आयोजक कमिटी बस्दैछ । त्यसपछि ब्युँतिएको केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ । एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि पदाधिकारी स्वतः रहने अवस्था बनेको छ । पदाधिकारीमध्ये बहुमत माधव नेपाल पक्षधर छन् । अब उनीहरु डाकिएको बैठकमा जाने हुन् या होइनन् ? प्रश्न उठेको छ ।

नेपाल खेमाका प्रभावशाली नेता भीम रावलले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी फर्काउनुलाई सकारात्मक संकेत भनेका छन् । उनले अझै आशंका गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको विषय बाँकी रहेको स्पष्ट पारे । नेता रावलले बैठकमा जान सकिने संकेत पनि गरे ।

एमाले बैठकमा माधव नेपाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरुलाई भने निम्तो गरिएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताइएकाले नेपाल खेमाका निम्तो गरिएका नेताहरु भने जानसक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...