पौडेल समूहमा नयाँ लफडा, देउवालाई चिठ्ठा पर्ने संकेत



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र फुट देखिएको छ । उक्त समूहमा सभापतिका आकांक्षीहरु बढी देखिएर व्यवस्थापनको समस्यासँगै फुटको अवस्था देखिएको हो । १३औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये ५ जना सभापतिका मुख्य दाबेदार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका अलावा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला दाबेदार देखिएका हुन् ।

भदौंमा तय भएको महाधिवेशन नजिकिदै गर्दा पौडेललाई एक्ल्याउने रणनीतिहरु बन्दै गएका छन् । १३औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिममा रहेका विमलेन्द्र निधिले चालेको अस्त्रले पौडेल एक्लिने अवस्था बनेको हो । निधिले सशांक कोइराला र प्रकाशमान सिंहलाई पौडेलबाट अलग्गाउने सफलता हासिल गर्दै गएका छन् ।

निधि, कोइराला र सिंह मिलेर काँग्रेसको भावी नेतृत्वका लागि अगाडि बढ्ने तयारी भइरहेको छ । यसले पौडेल सशंकित भएका छन् । उनले पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गरेर अगाडि बढ्न खोजेका छन् । त्यसमा सुजाता कोइरालालाई पनि साथमा लिन खोजेका छन् । सुजाताको निवासमा सोमबार पौडेल र सिटौला बसेर सहमतिका लागि छलफल गरी सन्देश समेत दिएका छन् ।

काँग्रेसभित्र निधिले सभापतिको दाबी गर्दै कोइराला र सिंहसँग सहकार्य गर्न खोजिरहँदा पौडेल समूहमा भने फुट देखिएको छ । उक्त समूहका स्पष्ट रुपमा धेरै समूह विकास भएको छ । समूहहरुमा पनि महाधिवेशन पूर्वको गठबन्धनहरु विकास भइरहेका छन् । सशांक कोइराला र प्रकाशमान सिंह नजिकिदै गएका छन् ।

पौडेल आफै अरु नेता मिलाएर बढ्न खोजेका छन् । डा.शेखर कोइराला पनि सभापतिको दौडमा छन् । सुजाता कोइराला पनि सभापतिको आकांक्षी हुन् । अहिलेसम्मको घटनाक्रमले सशांक कोइराला र प्रकाशमान नजिकिएको, रामचन्द्र पौडेल र सुजाता कोइराला नजिकिएको देखिएको छ । शेखर कोइराला आफ्नै टिम बनाइरहेका छन् । यसले अन्तत्वगत्वा देउवालाई नै फाइदा हुने देखिदैछ । देउवाको समूहबाट निधि मात्र टाढिएको देखिन्छ । अन्य नेताहरु भने गुट छाडिहाल्ने अवस्थामा देखिएका छैनन् । पौडेलको समूहमा भने समस्या बढ्दै गएको छ ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि गुट जोगाउन मुश्किल पर्दै गएको छ । १३औं महाधिवेशनमा उनको टिममा रहेका गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानलगायत नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेतर्फ बढ्न थालेका छन् । उनीहरु महाधिवेशन नजिकिदै गर्दा फरक समूहसँग नजिकिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...