माधव नेपाल गम्भिर राजनितिक संकटमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अप्ठ्यारोमा पार्ने गरी नयाँ अस्त्र तयार गरेका छन् । अब उनले नेपालले भनेबमोजिम नै केही महत्वपूर्ण कदमहरु चाल्न लागेका छन् ।

२ जेठ २०७५ को अवस्थामा एमाले कटिीलाई फर्काउनुपर्ने नेपालको सर्त रहेको छ । त्यसलाई सम्बोधन गर्न ओली लगभग तयार छन् । उनले त्यही उद्देश्यका साथ बैठक समेत डाकेका छन् ।

आज एमाले स्थायी कमिटी बैठक डाकिएको छ । यो कमिटीको टुंगो पनि लगाइने भएको छ । बुधबार महाधिवेशन आयोजक कमिटी डाकिएको छ भने बिहिबार केन्द्रीय कमिटी बैठक डाकिने तय भएको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बोलाउन लागिएबाट एमालेको निर्वाचित कमिटी पुनः सक्रिय बनाइने तयारी ओलीले गरेका छन् ।

ओलीले नवौं महाधिवेशनको कमिटी ब्युँताउन खोज्नुमा दुईवटा मुख्य कारण छन् । सर्वोच्च अदालतले पछिल्ला कमिटीले गरेका निर्णय मान्य नहुने अन्तरिम आदेश जारी गरेको छ । कर्णालीका एमाले सांसदहरुको पुर्नबहाली भएको छ । यसबाट एमालेको हालको स्थायी कमिटी देखि महाधिवेशन आयोजक कमिटीको निर्णयको वैधतामाथि नै प्रश्न उठेको छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीको निर्णयले मात्र मान्यता पाउने अदालतको आशय देखिन्छ । त्यसकारण पनि ओलीका लागि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई ब्युँताउनुपर्ने वाध्यता छ ।

अर्कोतर्फ, माधव नेपाल खेमाको ठूलो पंक्ति सहमति निकाल्न सक्रिय छ । २ जेठ २०७५ को अवस्थामा एमाले फर्किएमा पदाधिकारीहरु फेरि रहन्छन् । त्यसले माधव नेपाल अप्ठ्यारोमा पर्न सक्छन् । उनलाई समूहभित्रैबाट एमाले एकता कायमै राख्न दबाब बढ्न सक्छ ।

नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएमा मिलेर जानुपर्ने पक्षमा छन् । ओलीले नेपाल समूहलाई अप्ठ्यारोमा पार्न पनि यो कदम चाल्न खोजेका छन् । नेपालमाथि एकता पक्षधर नेताहरुले दबाब बढाइरहेका छन् । तर, उनी २ जेठ २०७५ को अवस्थामा फर्किएर मात्र ओलीसँग सम्झौता नगर्ने अडानमा छन् । नेपालले ओलीको सत्ता बर्हिगमनलाई उद्देश्य नै बनाइसकेका छन् । तर, ओलीको पछिल्लो अस्त्रले नेपालमाथि चुनौती बढेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...