माधव नेपाल गम्भिर राजनितिक संकटमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अप्ठ्यारोमा पार्ने गरी नयाँ अस्त्र तयार गरेका छन् । अब उनले नेपालले भनेबमोजिम नै केही महत्वपूर्ण कदमहरु चाल्न लागेका छन् ।

२ जेठ २०७५ को अवस्थामा एमाले कटिीलाई फर्काउनुपर्ने नेपालको सर्त रहेको छ । त्यसलाई सम्बोधन गर्न ओली लगभग तयार छन् । उनले त्यही उद्देश्यका साथ बैठक समेत डाकेका छन् ।

आज एमाले स्थायी कमिटी बैठक डाकिएको छ । यो कमिटीको टुंगो पनि लगाइने भएको छ । बुधबार महाधिवेशन आयोजक कमिटी डाकिएको छ भने बिहिबार केन्द्रीय कमिटी बैठक डाकिने तय भएको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बोलाउन लागिएबाट एमालेको निर्वाचित कमिटी पुनः सक्रिय बनाइने तयारी ओलीले गरेका छन् ।

ओलीले नवौं महाधिवेशनको कमिटी ब्युँताउन खोज्नुमा दुईवटा मुख्य कारण छन् । सर्वोच्च अदालतले पछिल्ला कमिटीले गरेका निर्णय मान्य नहुने अन्तरिम आदेश जारी गरेको छ । कर्णालीका एमाले सांसदहरुको पुर्नबहाली भएको छ । यसबाट एमालेको हालको स्थायी कमिटी देखि महाधिवेशन आयोजक कमिटीको निर्णयको वैधतामाथि नै प्रश्न उठेको छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीको निर्णयले मात्र मान्यता पाउने अदालतको आशय देखिन्छ । त्यसकारण पनि ओलीका लागि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई ब्युँताउनुपर्ने वाध्यता छ ।

अर्कोतर्फ, माधव नेपाल खेमाको ठूलो पंक्ति सहमति निकाल्न सक्रिय छ । २ जेठ २०७५ को अवस्थामा एमाले फर्किएमा पदाधिकारीहरु फेरि रहन्छन् । त्यसले माधव नेपाल अप्ठ्यारोमा पर्न सक्छन् । उनलाई समूहभित्रैबाट एमाले एकता कायमै राख्न दबाब बढ्न सक्छ ।

नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएमा मिलेर जानुपर्ने पक्षमा छन् । ओलीले नेपाल समूहलाई अप्ठ्यारोमा पार्न पनि यो कदम चाल्न खोजेका छन् । नेपालमाथि एकता पक्षधर नेताहरुले दबाब बढाइरहेका छन् । तर, उनी २ जेठ २०७५ को अवस्थामा फर्किएर मात्र ओलीसँग सम्झौता नगर्ने अडानमा छन् । नेपालले ओलीको सत्ता बर्हिगमनलाई उद्देश्य नै बनाइसकेका छन् । तर, ओलीको पछिल्लो अस्त्रले नेपालमाथि चुनौती बढेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...