असार १७ गते एमाले केन्द्रीय कमीटी बैठक, माधव नेपाल देउवा निवास जाने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को केन्द्रीय कमीटी बैठक असार १७ गते बस्ने भएको छ । १६ गते दशौँ महाधिवेशन आयोजक कमीटीको बैठक बोलाइएको छ । महाधिवेशन आयोजक कमीटीको त्यस बैठक अन्तिम हुने नेताहरूले बताएका छन । सोही दिन महाधिवेशन आयोजक कमीटी भंग गरी केन्द्रिय कमीटीमा रूपान्तरण गरिनेछ भने १७ गतेका लागि बैठक बोलाइनेछ । जुन बैठक माधवकुमार नेपाल समूहले माग गरे अनुसारको हुने नेताहरूले बताएका छन ।

बैठठकमा सबै नेता नवौँ महाधिवेशनबाट निर्वाचित भएको पदीय हैसियतमा सहभागी हुनेछ । यस विषयमा निरन्तर छलफलमा रहेका दोस्रो तहका नेताहरूको सहमतिको आधारमा निर्णय लिएको पाइएको छ । बैठकमा एमालेका तत्कालनी कमीटीका सबै सलस्यले निमन्त्रणा पाउनेछन । तर बैठकमा को को सहभागी हुन्छन भन्ने अझै एकीन हुन सकेको छैन । यद्यपी उक्त वैठकमा माधव नेपाल समूह भनिएका भित्रका पूर्व माले र झलनाथ खनाल समूहका नेताहरू सहभागी हुने तयारी छ ।

बामदेव गौतमले पनि एमालेका पूर्व पदाधिकारीसहितको बैठक राखिए आफू सहभागी हुने सन्देश दिनुभएको बुझिएको छ । उक्त बैठकमा माधव नेपाल पनि वरिष्ठ नेताको हैसियतामा सहभागी हुन पाउनुहुन्छ तर उहाँ सहभागी हुनुहुन्छ कि हुन्न भन्ने अहिलेसम्म एकीन भैसकेको छैन  ।

नेपाल समूहकै एक जना नेता एमालेका सचिव योगेश भट्टराइले सोमबारमात्र एक अन्तरवार्तामा महाधिवेशन आयोजक कमीटी भंग हुनेवित्तिकै एमालेको विभाजन टर्ने बताउनुभएको छ । माधव नेपाल भने आफूले कांग्रेस सभापति देउवालाइ धोका दिन नसक्ने भन्दै दिनहुँ पुष्पकमल दाहाल प्रचण्ड र उहाँसँग छलफल र अन्तरक्रियामा रहँदै आउनुभएको छ । धेरैले माधव नेपाल एमालेको साविकको कमीटीको बैठकमा सहभागी हुन जानुहुन्छ कि फेरि पनि देउवा निवास भन्ने प्रश्न गरिरहेका छन ।

यस्तै अाजै एमालेको स्थायी कमीटी बैठक पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा साँझ ५ बजे बस्ने गरी स्थायी कमीटी बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि बसेको स्थायी कमीटी बैठकले महाधिवेशन आयोजक कमीटीको बैठक बोलाएको थियो ।

आजको बैठमा पनि केही महत्वपूर्ण विषयमा निर्णय लिने तयारी गरिएको छ । महाधिवेशन आयोजक कमीटी विघटन गरेर केन्द्रीय कमीटीको बैठक बोलाउने एमालेको तयारी छ । एमालेले पार्टीको आन्तरिक एकताको अन्तिम प्रयास गरिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल लगायतहरू कांग्रेस र माओवादीका नेतासँग मिलेर एमालेकै विरूद्धमा लागेपछि आन्तरिक एकताका लागि एमालेले अन्तिम प्रयास गर्न लागेको हो ।

आजको स्थायी कमीटी बैठकमा पनि दोस्रो तहका नेताहरूले एकताका लागि गरेको प्रयासहरूका विषयमा समिक्षा हुने बताइएको छ । दोस्रो तहका नेताहरूले निरन्तर बसेर सहमतिको केही खाका बनाएका छन यद्यपी त्यसमा शीर्ष नेतृत्वले सहमति जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...