मनाङेको कारण कांग्रेसमा नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका बिनाविभागीय मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको मागले पोखरामा खैलाबैला भएको छ ।बिनाविभागीय मन्त्रीद्वय जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तोकेको मन्त्रालयमा जान मानेका छैनन् ।

मुख्यमन्त्री पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन नमानेका हुन् ।माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरूले आइतबार पदभार ग्रहण गरेका छन् ।

भौतिक र अर्थ मन्त्रायको किचलो सुल्झिन सकेको छैन । मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । मुख्यमन्त्री पोखरेलले मनाङेलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेको भन्दै आफू पछि नहट्ने बताएका छन् । मनाङेले पूर्वसर्तअनुसार मन्त्रालय पाउनुपर्ने माग राखेपछि पोखरामा खैलाबैला भएको छ ।

मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । उनले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्री दिनुपर्ने बताए । प्रदेशमा मन्त्रालय बाँडफाँटमा विवाद भएपछि मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएर समस्या समाधानको पहल गरेका थियो ।

काठमाडौंमा कांगेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मसालका महामन्त्री मोहनविक्रम सिंह, जनमोर्चा नेपालका महासचिव मनोज भट्ट, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतलाई भेटेको थियो । केही दिनमै बजेटमाथि छलफल शुरु गर्ने कार्यक्रम छ । बजेट पारितपछि मात्रै बाँकी मन्त्रिपरिषद विस्तार हुनेछ । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड रुपियाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...