मनाङेको कारण कांग्रेसमा नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका बिनाविभागीय मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको मागले पोखरामा खैलाबैला भएको छ ।बिनाविभागीय मन्त्रीद्वय जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तोकेको मन्त्रालयमा जान मानेका छैनन् ।

मुख्यमन्त्री पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन नमानेका हुन् ।माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरूले आइतबार पदभार ग्रहण गरेका छन् ।

भौतिक र अर्थ मन्त्रायको किचलो सुल्झिन सकेको छैन । मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । मुख्यमन्त्री पोखरेलले मनाङेलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेको भन्दै आफू पछि नहट्ने बताएका छन् । मनाङेले पूर्वसर्तअनुसार मन्त्रालय पाउनुपर्ने माग राखेपछि पोखरामा खैलाबैला भएको छ ।

मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । उनले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्री दिनुपर्ने बताए । प्रदेशमा मन्त्रालय बाँडफाँटमा विवाद भएपछि मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएर समस्या समाधानको पहल गरेका थियो ।

काठमाडौंमा कांगेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मसालका महामन्त्री मोहनविक्रम सिंह, जनमोर्चा नेपालका महासचिव मनोज भट्ट, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतलाई भेटेको थियो । केही दिनमै बजेटमाथि छलफल शुरु गर्ने कार्यक्रम छ । बजेट पारितपछि मात्रै बाँकी मन्त्रिपरिषद विस्तार हुनेछ । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड रुपियाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...