वेदुराम भुसालको सांसद पद चैट



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले विभाजनका लागि निरन्तर लड्दा पनि हैसियत र संख्या देखाउन नसक्नुभएको माधवकुमार नेपाल समूहका एक जना नेता वेदुराम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेसँगै उहाँको सांसद पद पनि चट हुने भएको छ । उहाँ नेकपा एमालेको नेता हुनुहुन्छ ।

उहाँले एमाले परित्याग गरेसँगै उहाँको सांसद पद स्वतः जाने कानुन व्यवसायीले जनाएका छन । उहाँ सूर्य चिन्हबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो । सर्वोच्चले नेकपाको नाम जुधेकाले नयाँ नाम दिन निर्देशन दिएपनि एमाले र माओवादीले नयाँ नाम प्रस्ताव गर्न सक्दा पुरानै दल व्यूझिएको थिए ।

त्यसपछि राष्ट्रिसभामा निर्वाचित भएका भुसालसहितले एमाले वा माओवादी जुन रोजे पनि रोज्न पाउने स्वतन्त्रता पाउनु भएको थियो । तर उहाँले कुनै पनि दल नरोजी स्वतन्त्र हुने घोषणा गर्नुभएर संसद सचिवालयमा पत्र बुझाएसँगै उहाँको सांसद पद पनि जाने भएको छ । दलबाट निर्वाचित सांसदले दल त्याग गरेपछि सांसद पद स्वतः जाने कानुनी प्रावधान विद्यामान रहेको छ ।

नेकपा एमालेको राष्ट्रियसभा दलका मुख्य सचेतक खिमलाल भट्टराइ एमाले सांसद स्वतन्त्र हुन सक्ने तर उसको सांसद नरहने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन । सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’

सांसद पद जोगाउनकै लागि गरिएको प्रयत्न प्रत्यूत्पादक हुने भएको छ । अब भुसालले एमालेमा नरहने हो भने माओवादी रोज्नुुपर्ने हुन्छ । उहाँले माओवादी रोज्ने निर्णय गर्नुभयो भने यसअघि नै प्रचण्डले उद्धारका लागि तयार छु भनेको घोषणा पूरा हुनेछ भने माधव नेपाल मसूहका भुसालको उहाँले उद्धार गर्नुहुनेछ ।

उहाँले आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयलाई जानकारी नै गराउनुभएको छ ।  माधव नेपालले पत्रकार सम्मेलन मार्फत आफूलाइ एमालेको भन्दा बढी देउवाको माया रहेको र अहिले गठबन्धन छाड्ने र देउवालाइ धोका दिने विषय कल्पना भन्दा बाहिरको रहेको बताएको भोलिपल्टै भुसालले आफू स्वतन्त्र रहेको स्वघोषणा गर्नुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले अध्यक्ष ओलीले माधव नेपाल समूहको सबै माग पूरा गर्न असार १६ गतेको मिति रोज्नुभएको छ । सो दिन जेठ २ को अवस्थाबाट एमाले अघि बढ्ने घोषणा गरिने छ । र सोही दिन एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय हुनेछ । यो सबै बुझिसकेपछि एमालेमै नरहने माधव नेपालको निष्कर्षमा साथ दिन भुसालले एमाले छाडेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...