ओलीलाई प्रधानमन्त्रीबाट नहटाई माधव नेपालले कुनै सम्झौता नगर्ने



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन् । ओलीले जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि उनले नमान्ने भएका छन् ।

नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने उनी अडानमा अडिएका छन् । त्यसबाट दायाँबायाँ नहुने स्पष्ट पारिसकेका छन् । यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफू प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए ।

नेपालले ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमाले मात्र नभई कम्युनिस्ट एकता नै हुने भन्दै विश्वासपात्रहरुलाई त्यस अनुसार तयार हुन भनिसकेका छन् । आफूनिकट विघटित प्रतिनिधि सभाका सांसदलाई पनि पछि नहट्न भनेका छन् । उनले ओलीको एकपछि अर्को कदमहरुलाई समेत उल्लेख गर्दै उनको पक्षमा गुट परिवर्तन गरेर जानेहरुको हालत सम्झन समेत भनेको बुझिएको छ ।

यसैगरी, आज मदन भण्डारीको ७०औं जन्मयन्तीमा शुभकामना दिदै नेपालले नेकपा एमाले र सिंगो कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिए । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...