ओलीलाई प्रधानमन्त्रीबाट नहटाई माधव नेपालले कुनै सम्झौता नगर्ने



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन् । ओलीले जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि उनले नमान्ने भएका छन् ।

नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने उनी अडानमा अडिएका छन् । त्यसबाट दायाँबायाँ नहुने स्पष्ट पारिसकेका छन् । यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफू प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए ।

नेपालले ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमाले मात्र नभई कम्युनिस्ट एकता नै हुने भन्दै विश्वासपात्रहरुलाई त्यस अनुसार तयार हुन भनिसकेका छन् । आफूनिकट विघटित प्रतिनिधि सभाका सांसदलाई पनि पछि नहट्न भनेका छन् । उनले ओलीको एकपछि अर्को कदमहरुलाई समेत उल्लेख गर्दै उनको पक्षमा गुट परिवर्तन गरेर जानेहरुको हालत सम्झन समेत भनेको बुझिएको छ ।

यसैगरी, आज मदन भण्डारीको ७०औं जन्मयन्तीमा शुभकामना दिदै नेपालले नेकपा एमाले र सिंगो कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिए । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...