एमाले महाधिवेशन आयोजक कमीटी भंग



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमीटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमीटीको बैठकले असार १६ गते काठमाडौँमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो। यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमीटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने भएको छ । त्यससँगै महाधिवेशन आयोजक कमीटी भंग हुनेछ । यसअघि महाधिवेशन आयोजक कमीटीमा रूपान्तरण भएका पूराना कमीटी अब पुन व्यूँतने छन । झलनाथ खनाल समूह जो एमालेमै रहन चाहन्छन उनीहरूका लागि यो निर्णय लिन लागिएको बुझिएको छ । यसअघि माधवकुमार नेपालले आफूले शेरबहदुर देउवालाइ धोका दिन नसक्ने बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...