एमाले महाधिवेशन आयोजक कमीटी भंग



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमीटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमीटीको बैठकले असार १६ गते काठमाडौँमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो। यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमीटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने भएको छ । त्यससँगै महाधिवेशन आयोजक कमीटी भंग हुनेछ । यसअघि महाधिवेशन आयोजक कमीटीमा रूपान्तरण भएका पूराना कमीटी अब पुन व्यूँतने छन । झलनाथ खनाल समूह जो एमालेमै रहन चाहन्छन उनीहरूका लागि यो निर्णय लिन लागिएको बुझिएको छ । यसअघि माधवकुमार नेपालले आफूले शेरबहदुर देउवालाइ धोका दिन नसक्ने बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...