अध्यक्ष र प्रधानमन्त्री दिए पनि माधव एमालेमा फर्किँदैनन्



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ । माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अ‍ोलीको छ । सोही प्रयोजनका लागि आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने स्थायी कमिटी सदस्य विष्णु रिमालले  बताए ।

रिमालले भने, ‘माधव कमरेडको कुरा त तपाईंहरूले भिडिओसहित सबैलाई जानकारी गराइहाल्नुभयो । तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्छ । जेठ २ मा जाने भनेर अध्यक्षले आह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

एमाले स्रोतका अनुसार आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए । नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् । नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताले बताए ।

ती नेताले भने, ‘माधव नेपाललगायत उनीसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष रह्यो । तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो ।’ बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले एमाले विभाजन गर्ने, आफ्नै पार्टीको सरकार विस्थापित गर्न प्रतिपक्षलाई काँधमा बाकेर आफ्नो पार्टी सिध्याउने कर्ममा माधव नेपाल लागिरहे पनि पार्टी एकताको आश अझै आफूहरूले नमारेको बताए । उनले भने, ‘प्रतिपक्षलाई श्रेष्ठ बनाउने र एमाले विभाजन गर्ने सिमित नेताको चाहना होला, तर देभरका कार्यकर्ता र जनताको चाहना होइन त्यसैल हामीले अन्तिमसम्म एकताको पहल गर्छौं । अनुशासन उल्लंघनको हद पार गर्दा पनि पार्टीले सहेको छ,यो भनेको एकता नटुटोस् भनेरै हो ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...