एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताए । यसबारेमा थप केही निर्णय गर्नुपरे अब महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने उनले जानकारी दिए । माधव नेपाल लगायतका नेताहरुमाथिको कारवाहीको विषयमा समेत अब सोही बैठकले थप निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...