सर्वोच्चको फैसलालगत्तै माओवादीसँग माधव गुटको एकता



हाम्रो इकोनोमि

 

 

एमालेको विद्रोही भनेर रुचाउन चाहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य सुरु गर्नुभएको छ । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालले माओवादी केन्द्रसँग एकता टुंगो लगाउने तयारी गर्नुभएको हो ।

नयाँ पार्टी निर्माण र माओवादी केन्द्रसँगको एकताका लागि केही नेताहरुले बलियो साथ दिएका छन्, तर नेपालले एमाले परित्याग गर्नेवित्तिकै एउटा समूह फर्किने संभावना रहेको छ । नेपाल निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार फैसलापछि नेता नेपालको समूह एमालेबाट कारबाहीमा पर्ने निश्चित छ । ‘सकभर कारबाही नहुँदै नेकपा एकीकृत वा नेकपा लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा हुनेछ,’ ती नेताले भने, ‘त्यसको केही समयपछि माओवादी केन्द्रसँग एकता गर्ने रणनीति छ ।’

नेता नेपालले आफूनिकट केही नेताहरुसँग अबको चुनावमा एकीकृत पार्टी दोस्रो दल बन्ने दाबी गर्नुभएको थियो । उहाँले एमाले अध्यक्ष ओली र उहाँपछि पनि नेतृत्व त्यही समूहमा जाने बताउँदै फरक दल र अभ्यास जरुरी रहेको बताउनुभएको थियो । नेता नेपालले आफूले नेतृत्व गरेको दलले कांग्रेससँग मिलेर राम्रो पोजिसन ल्याउने ब्रिफ गर्नुभएको छ ।

माओवादी केन्द्रका एक उच्च नेताका अनुसार अध्यक्ष प्रचण्डले नेता नेपाललाई एकल अध्यक्ष स्वीकार गर्ने आश्वासन दिनुभएको छ । अहिले माधव नेपाल प्रचण्ड–शेरबहादुरसँग अडिनुको कारण सोही आश्वाशन हो । स्रोतका अनुसार ‘एकीकृत पार्टीले चुनावमा कांग्रेससँग सहकार्य गरेर जाने रोडम्याप छ । यो रोडम्यापमा देउवा पनि सहमत हुनुहुन्छ ।

नेता नेपालको नयाँ पार्टीमा केही नेताहरु भने नजाने हुन् कि भन्ने आशंका नेपालले गर्नुभएको ती नेताको भनाइ छ । नयाँ पार्टीमा योगेश भट्टराई नजाने निश्चित भए पनि सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र गोकर्ण विष्टलाई कन्भिन्स गरिएको छ । पाण्डे, भूसाल र विष्ट भने सकभर एमालेभित्र रहनुपर्ने पक्षमा हुनुहुन्छ ।

नेपाल निकट स्रोतका अनुसार राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरालगायतले पनि नेपाललाई साथ नदिने निश्चित जस्तै भएको छ । तर, एमालेको पदाधिकारी रहनुभएका भीम रावल, युवराज ज्ञवालीदेखि वामदेव गौतमले साथ दिनुहुने भएको छ । प्रकाश ज्वाला, भीम आचार्यलगायतका नेताहरु पनि नयाँ पार्टीको पक्षमा हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...