सर्वोच्चको फैसलालगत्तै माओवादीसँग माधव गुटको एकता



हाम्रो इकोनोमि

 

 

एमालेको विद्रोही भनेर रुचाउन चाहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य सुरु गर्नुभएको छ । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालले माओवादी केन्द्रसँग एकता टुंगो लगाउने तयारी गर्नुभएको हो ।

नयाँ पार्टी निर्माण र माओवादी केन्द्रसँगको एकताका लागि केही नेताहरुले बलियो साथ दिएका छन्, तर नेपालले एमाले परित्याग गर्नेवित्तिकै एउटा समूह फर्किने संभावना रहेको छ । नेपाल निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार फैसलापछि नेता नेपालको समूह एमालेबाट कारबाहीमा पर्ने निश्चित छ । ‘सकभर कारबाही नहुँदै नेकपा एकीकृत वा नेकपा लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा हुनेछ,’ ती नेताले भने, ‘त्यसको केही समयपछि माओवादी केन्द्रसँग एकता गर्ने रणनीति छ ।’

नेता नेपालले आफूनिकट केही नेताहरुसँग अबको चुनावमा एकीकृत पार्टी दोस्रो दल बन्ने दाबी गर्नुभएको थियो । उहाँले एमाले अध्यक्ष ओली र उहाँपछि पनि नेतृत्व त्यही समूहमा जाने बताउँदै फरक दल र अभ्यास जरुरी रहेको बताउनुभएको थियो । नेता नेपालले आफूले नेतृत्व गरेको दलले कांग्रेससँग मिलेर राम्रो पोजिसन ल्याउने ब्रिफ गर्नुभएको छ ।

माओवादी केन्द्रका एक उच्च नेताका अनुसार अध्यक्ष प्रचण्डले नेता नेपाललाई एकल अध्यक्ष स्वीकार गर्ने आश्वासन दिनुभएको छ । अहिले माधव नेपाल प्रचण्ड–शेरबहादुरसँग अडिनुको कारण सोही आश्वाशन हो । स्रोतका अनुसार ‘एकीकृत पार्टीले चुनावमा कांग्रेससँग सहकार्य गरेर जाने रोडम्याप छ । यो रोडम्यापमा देउवा पनि सहमत हुनुहुन्छ ।

नेता नेपालको नयाँ पार्टीमा केही नेताहरु भने नजाने हुन् कि भन्ने आशंका नेपालले गर्नुभएको ती नेताको भनाइ छ । नयाँ पार्टीमा योगेश भट्टराई नजाने निश्चित भए पनि सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र गोकर्ण विष्टलाई कन्भिन्स गरिएको छ । पाण्डे, भूसाल र विष्ट भने सकभर एमालेभित्र रहनुपर्ने पक्षमा हुनुहुन्छ ।

नेपाल निकट स्रोतका अनुसार राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरालगायतले पनि नेपाललाई साथ नदिने निश्चित जस्तै भएको छ । तर, एमालेको पदाधिकारी रहनुभएका भीम रावल, युवराज ज्ञवालीदेखि वामदेव गौतमले साथ दिनुहुने भएको छ । प्रकाश ज्वाला, भीम आचार्यलगायतका नेताहरु पनि नयाँ पार्टीको पक्षमा हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...