जनमुखीकार्य गर्ने वडाध्यक्षको चौतर्फी चर्चा



हाम्रो इकोनोमि

 

रमा न्यौपाने

पछिल्लो समय जनताले ,जनप्रतिनिधिलाइ हेर्ने दृष्टिकोणमा श्रृखलावद्ध रुपमा चौतर्फी सिर्जना हुँदै आएको वक्रदृष्टिको वातावरणलाइ स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष याम प्रसाद अधिकारीले केहि हदसम्म सुधारगर्ने प्रयासको थालनी    गरेको छन ।यहाँसम्मकी निर्वाचनको समयमा झुठा आश्वासन दिदै निर्वाचित हुने र त्यसपछि वेपत्ता हुने प्रवृतिका कारण जनताले जनप्रतिनिधिलाइ अवसरवादी व्यक्तिका रुपमा चित्रण गर्न थालेको पाइन्छ ।

तर बढ्दो कोभिड महामारीको समयमा जनताको लागि जोखिम मोल्दै जनताको पिरमर्का बुझ्ने स्थानीय सरकारको दायित्वमात्र निर्वाह गर्ने देखि कोभिड संक्रमितलाइ आफ्नै निजी सवारी साधनमा राख्दै अस्पताल लैजाने , बन्दाबन्दीका कारण चुलो नवलेको घरमा चुले वाल्ने सम्मका जनमुखीकार्य गरेकै कारण वडाध्यक्ष अधिकारीको कार्यशैलीको चौतर्फी चर्चा हुने गरेको छ ।

त्यस्तै वडाध्यक्ष अधिकारी कोभिड महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण शिक्षणसंस्था बन्द भएसंगै आफ्नो वडाक्षेत्रका सवै विद्यार्थीका घरमा निशुल्क ईन्टरनेट सुबिधा प्रदान गर्ने घोषणाको कार्यान्वयन गर्दै सवैका लागि शिक्षाको मनोभावलाइ समेत कार्यान्वयन गर्दै आउनुभएको छ। वडाध्यक्ष अधिकारिको यस कदमले सम्पूर्ण विद्यार्थी,अभिभावक तथा शिक्षक वर्गहरु अत्यन्तै हर्षित भएका छन,साथै देशका सबै क्षेत्रमा ,जनप्रतिनिधिलाइ यस्तै उदाहरणीय कार्य गर्न जनदवाव पनि सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...