खानेपानीबोर्डका लेखा प्रमुख ढकाललाई अख्तियारले बयानकालागि बोलाउँदै , प्रचण्ड र बिना मगर पनि मुछिने



हाम्रो इकोनोमि

 

 

 

खानेपानी बोर्डका लेखाप्रमुख ढकाललाई अख्तियारले बयानका लागि बोलाउँदै , प्रचण्ड र बिना मगर पनि मुछिने काठमाडौं काठमाडौं उपत्यका खानेपानी वोर्डका लेखा प्रमुख रामचन्द्र ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि झिकाउने भएको छ । उजुरी ढकालले भ्रष्टचार गरेको भन्दै गत जेठ १८ गते अख्तियारमा उजुरी दर्ता भएको थियो ।

उजुरीमा करोडौँ रुपैयाँबराबर भ्रष्टाचार गरेको उल्लेख छ । उजुरीमा ढकालले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन खानेपानीमन्त्री वीना मगरसँगको ‘सेटिङ’ मा भ्रष्टचार गरेको उल्लेख छ । अख्तियार स्रोतका अनुसार, उजुरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चालक समितिकै कर्मचारीहरुले उजुरी दर्ता गरेका हुन् । आफूहरु आउनसक्ने बताउँदै १० जनाले आफ्नो सम्पर्क नम्बर र नाम पनि उजुरीका साथ बुझाएका छन्। ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा–प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीहरुसँग कुल भुक्तानी रकमबाट चेकमा कारोबार गर्दा अनधिकृत रुपमा २० देखि ३० प्रतिशतसम्म रकम घूसबापत लिँदै आएका छन्’, उजुरीमा उल्लेख छ, ‘घूसबापत प्राप्त रकमबाटै रामचन्द्र ढकालले काठमाडौंको शंखमूलमा घर बनाएको र विभिन्न वितीय संस्थाहरुमा वचत गरिरहेको जानकारी पनि गराउन चाहन्छौँ ।’

अवैध रुपमा आर्जन गरेको पैसाले ढकालले विलासी जीवन व्यतित गर्दै मात्र आइरहेका छैनन्, विभिन्न समयमा आफूले रचना गरेको गीतहरुको गीति सँगालोहरु पनि निकाल्दै आइरहेको उजुरीमा उल्लेख छ । त्यस्तै उजुरीमा लेखिएको छ, ‘माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग निकट रहेका उनी प्रचण्डको बुहारी वीना मगर खानेपानीमन्त्री रहेका बेलामा उनीसँगकै सेटिङमा लेखाप्रमुख रामचन्द्र ढकालले करोडौँ घूस उठाएर केही प्रतिशत आफूलाई राखेर मन्त्री वीना मगरलाई दिँदै आएका थिए । दुई पृष्ठलामो उजुरीमा भनिएको छ, ‘सरकारको कर्मचारी भएर पनि आफूलाई साहित्यकार तथा गीतकारको रुपमा उभ्याएर पैसामा पुरस्कारहरु खरिद गरेर सम्मानित समेत हुँदै आएका लेखा प्रमुख रामचन्द्र ढकालले आफ्नो अख्तियार दुरुपयोग गर्दै शक्ति केन्द्रहरुलाई प्रभावमा पारेर ठूला–ठूला ठेक्का–पट्टाको भुक्तानीमा घूसबापत मोटो रकम लिँदै आइरहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनीमाथि यथाशीघ्र छानबीन र अनुसन्धान गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन हामी काठमाडौं उपत्यका खानेपानी बोर्डका देशभकत कर्मचारीहरु विशेष अनुरोध गर्दछौँ ।’ ढकालले भ्रष्टाचार गरेको सबुत तथा प्रमाणहरुको विवरण पनि अख्तियारमा पेश गरिएको निवेदनसँगै संलग्न गरिएको छ ।

१) लेखा–प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीहरुसँग कमिशन ‘बार्गेनिङ’ गर्दा मोबाइलमा रेकर्ड गरिएको भ्वाइस क्लिप भएको सामसुङ कम्पनीको ३६ जीबीको १ थान मेमोरी कार्ड ।

२) लेखा–प्रमुख रामचन्द्र ढकालले काठमाडौंको शंखमूलमा बनाएको घरको ४ह६ इञ्चको रङ्गीन तस्बिर ।

३) लेखाप्रमुख रामचन्द्र ढकालले लिदै आएको घूस रिसवतको प्रत्यक्ष दर्शी अख्तियारले बोलाएको समयमा बयान दिन हाजिर हुनसक्ने काठमाडौं उपत्यका खानेपानी बोर्डका १० कर्मचारीहरुको नाम र सम्पर्क नम्बरको सूची भएको एक पृष्ठ कागज । उजुरीकर्ताहरुले हामी देशभकत कर्मचारीले काठमाडौं उपत्यका खानेपानी बोर्डका लेखा–प्रमुख रामचन्द्र ढकालले रिसवत लिँदै आएको सबुत प्रमाण झूठा ठहरिएमा कानुनबमोजिम कार्यवाही भोगौँला सहुँला भनेर प्रतिबद्तासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...