ओलीलाई स्वागत गर्नुपर्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका छन् । विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राखेका थिए ।

‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ । केपी ओलीले गरेको कारवाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।

उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने बताए । ‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकारेर कोर्स गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ’, नेपालले भने ।

संविधानविपरीत संसद नै भंग गर्ने काम गरेकोले विपक्षी गठबन्धन सक्रिय हुनुपरको नेपालले बताए । संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...