ओलीलाई स्वागत गर्नुपर्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका छन् । विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राखेका थिए ।

‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ । केपी ओलीले गरेको कारवाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।

उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने बताए । ‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकारेर कोर्स गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ’, नेपालले भने ।

संविधानविपरीत संसद नै भंग गर्ने काम गरेकोले विपक्षी गठबन्धन सक्रिय हुनुपरको नेपालले बताए । संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...