वकिलले तिघ्रा ठट्याएको आधारमा फैसला भएको देखिन्छ : विष्णु रिमाल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अदालतले लय समातेको भए र विधिअन्तर्गत गएको भए एउटा अनुमान गर्न सकिन्थ्यो भन्ने धारणा राखेका छन् । पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कबाट आज प्रसारण भएको नेपाली बहस कार्यक्रममा ‘संसद् पूनःस्थापना हुन्छ कि मुलुक निर्वाचनमा गयो ?’ भनेर सोधेको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘पछिल्लो समय अदालतमा हुने निर्णयहरु भनेको मिडियामा के कुरा आएका छन्, ईजलासमा आएर तिघ्रा ठट्याएर कुन चाहीँ वकिल साहेबले बढि उफ्रिनुभयो, त्यसको आधारमा फैसला भएको देखिन्छ । तपाईँले विधि सोध्नुभयो भने हाम्रो देशमा सरकार बन्ने संविधानको धारा भनेको धारा ७६ को १, २, ३ र ५ हो । ५ अनुसार सरकार बन्न नसकेपछि संसद् विघटन भएको हो । अब यही विधिमा जाने हो भने त संसद् पूनःस्थापना हुने ठाउँ चाहीँ मैले देख्दिन् । अब मैले अघि नै भनिहालें, अहिले हामी विधिमा छैनौं । कसैलाई लागेको आधारमा, उफ्रिएको आधारमा र बाहिर प्रभावित गरेको आधारमा फैसला हुन थालेको छ ।’

संसद् विघटनसम्बन्धी मुद्दामा हिजो बहस गरेका अधिवक्ताहरुले पूरै मर्यादा उल्लंघन गरेर बोलेको पनि रिमालको आरोप छ । उनले भने,‘उहाँहरुले यसमा शिष्टतालाई पनि जित्नुभएको छ । यसमा के टिप्पणी गर्नु ? मान्छे कति शिष्ट र सभ्य हुने भन्ने कुरा आफ्नो कुरा रह्यो । तर, इजलासमा गएर शिष्टता बिर्सिएर बोल्ने कुरा आँफैमा ठीक होईनजस्तो लाग्छ मलाई । मर्यादाको सिमा उहाँहरुले नाघ्नुभएको छ ।’ राष्ट्रपतिलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले हिजो बहसको क्रममा ‘हु आर यू ?’ भनेर भनेको विषयमा रिमालले पनि राष्ट्रपतिको बारेमा यस्तो प्रश्न गर्ने तपाई को हो ? भन्दै थापालाई उनले पनि भने–‘हु आर यू ?’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...