निर्दल पुनःस्थापना गराउन विपक्षी गठबन्धन सडकमा : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि अहिलेको वहुदलीय संसदीय प्रणाली नै परिवर्तन गराउन लागेको टिप्पणी गरेका छन् । विपक्षी गठबन्धन र ती समर्थक कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि सांसद दलीय अनुवन्धनमा नरहने र स्वतन्त्र हैसियतमा प्रधानमन्त्री चयन गर्न पाउने जिकिर गरिरहेका बेला बास्कोटाले त्यसको कटाक्ष गरेका हुन् ।

संविधानको कुनै पनि धाराले निर्दलीय व्यवस्थाको परिकल्पना नगरेको भन्दै आएका बास्कोटाले विहीवार विपक्षी गठबन्धनको छलफलको पूर्वसन्ध्यामा शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले अदालतमार्फत नेपालमा निर्दलीय व्यवस्थाको स्थापना गराउन खोजेको बताए ।

उनले भने ट्वीट गर्दै भनेका छन्, ‘विपक्षी सडकमा तर किनरुहिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुन:स्थापनाका लागि सडकमा हो ? संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन।त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो ।’

बास्कोटाले यदि अदालतले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि दलका सांसद जता पनि जान सक्ने र उनीहरूलाई ह्वीप नलाग्ने भनेर ब्याख्या गरेमा त्यही दिनबाट संघ र प्रदेशदेखि तहसम्मस्थानीय  अराजकता तथा किनबेचको खेल शुरु हुने बताए ।

उनले थप व्याख्या गर्दै भने, ‘आज केपी ओलीलाई सत्ताच्यूत गर्दा त मज्जा आउला तर त्यसको भोलिपल्टदेखि प्रदेशहरूमा दुई/चार जना सांसद मिलेर मोलतोल शुरु हुन्छ र सबैतिर दल छाडेर अरुकै सरकार बनाउने खेल शुरु हुन्छ । अदालतले यस्तो फैसला गर्छ भन्ने कम्तिमा मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...