महतो सबैभन्दा धेरै तनाबमा, रातभरि के–के गरे ?



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतले जेठ २१ र २९ गतेमा भएको मन्त्रिपरिषद विस्तारको निर्णय बदर गरेपछि सबैभन्दा ठूलो तनाब जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई भएको छ ।

महन्थ ठाकुर नेतृत्वको जसपाबाट नेतृत्वको गरेर मन्त्रिपरिषदमा उप–प्रधान र शहरी विकास मन्त्री बनेका महतोलाई मंगलबारको सर्वोच्च अदालतको आदेशले ठूलो झड्का लागेका हो । महतोले सर्वोच्चको आदेशलाई अस्वभाविक भएको भन्दै चिन्ता जनाएका छन् । उनले आफू निकटका नेताहरूलाई निवासमै भेला गरेर सर्वोच्च अदालतले ठूलो धाका दिएको गुनासो गरेका हुन् ।

सरकारमा सहभागी हुन हतार गरेका महतोले पार्टी एकतालाई भन्दा पनि मन्त्री बन्ने कुरालाई महत्व दिएका थिए । महतोले मन्त्री बन्न कीर्ते गरेर संसदीय दलको नेता पद समेत हत्याएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोले मधेशका मुद्दा छाडेर मन्त्री बन्न सबै कीर्ते काण्ड गरेको आरोप लगाएका छन् । सर्वोच्च अदालतले मंगलबार आदेश जारी गर्दै २० जना मन्त्रीहरू राखेर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरिदिएको थियो ।

प्रधानमन्त्री ओलीले पनि सर्वोच्चको आदेशलाई अस्वभाविक भन्दै चिन्ता जनाएका छन् । अन्य मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएकोमा धेरै चिन्ता लिएका छैनन् । तर, महतोले मंगलबार रातभरि सर्वोच्चको आदेशबारे के गर्न सकिन्छ भनेर आफू निकटका नेता र कानून व्यवसायीहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ ।

महतोकै उक्साहटका कारण ठाकुर एकपछि अर्को विवाद र तनाबमा फस्दै आएका छन् । विगतमा पनि विवादित हर्कत गरेकै कारण महतोको आलोचना हुने गरेको छ । कुनै बेला एउट पार्टीमा रहेका महतो र हृदयश त्रिपाठी अहिले विपरित ध्रुबमा छन् । महतोलाई ओलीले उप–प्रधानमन्त्री बनाएपछि त्रिपाठीले आफूभन्दा जुनियर नेतालाई उप–प्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरिदिएका थिए ।

महतोको उप–प्रधान र मन्त्री पद फुत्किएपछि तराईका केही जिल्लाहरूमा उपेन्द्र यादव समूहले दीपावली गरेर खुसीयाली मनाएका छन् । उप–प्रधान एवम् शहरी विकासमन्त्री पदको शपथ लिएकै दिन सिंहदरबारमा आफ्नै कार्यकक्षमा विवादित अभिव्यक्ति दिएका कारण महतोको आलोचना भएको थियो । चौतर्फी आलोचना भएर मन्त्री पद फुत्किने अवस्थामा पुगेपछि महतोले माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...