बामदेव गौतम पनि देउवा निवास बुढानिलकण्ठमा



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमलाई सम्पर्क गरी भेटका लागि बोलाए । बुढानिलकण्ठस्थित देउवा निवासमा भेटका लागि गौतम पुगे । दुई नेताबीच राजनीतिक घटनाक्रमको समिक्षा गर्दै कसरी बढ्ने भन्नेबारे गम्भीर कुराकानी भएको थियो । विश्वस्त स्रोतका अनुसार देउवाले गौतमसँग सहयोग मागेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमहरु राजनीतिक प्रणाली र संविधान नै सिध्याउने दिशातर्फ बढिरहेको भन्दै त्यसलाई रोक्न एकजुट हुनुपर्नेमा दुवै नेता सहमतिमा पुगेका थिए । ओलीको कदम उल्टाउन एक अर्कालाई साथ दिने र भविष्यमा मिलेर जानेबारे समेत देउवा र गौतमबीच कुराकानी भएको बुझिएको छ । भेटमा देउवा आफू प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । ओलीको कदमलाई ब्रेक गर्न पनि आफू प्रधानमन्त्री बन्न अगाडि बढेको भन्दै देउवाले भविष्यमा मिलेर जान सकिने विषय गौतमलाई राखेका थिए । उनले आफू प्रधानमन्त्री बनेमा गौतमलाई सरकारमा सहभागी गराउने आशयसहितको प्रस्ताव राखेका थिए ।

विश्वस्त स्रोतका अनुसार देउवाले मिलेर जान सकिने भन्दै अहिले खुलेर विपक्षी गठबन्धनलाई साथ दिन भनेका थिए । गौतमले ओलीको कदमको विपक्षमा आफू रहेको र अहिले तटस्थ भूमिकामा रहेर एमाले एकता बचाउन लागेको प्रष्ट पारेका थिए । पार्टीहरुलाई विभाजित गर्न एकपछि अर्को गरी भएका आक्रमण राजनीतिक प्रणालीविरुद्ध नै केन्द्रित रहेको गौतमले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...