सर्वोच्चको आदेश प्रचण्डले एकदिन अघि नै दिनु सेटिङ हो कि हैन : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले दिएको आदेश आफ्नै नजीरविपरितको रहेको बताउनुभएको छ । उहाँले आदेशको कपीनै सामाजिक सञ्जालमा सेयर गर्दै २०७४ असोज र २०७८ असारमा भएको सर्वोच्चको फैसला बाझिएको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘२०७४ असाेज र २०७८ असारका बीच श्री सर्वाेच्च अदालतले गरेकाे फैसलामा देखिएकाे याे के हाे ? आफ्नै नजीर र व्याख्याविपरित रहेकाे हिजोकाे फैसला विराेधाभाषपूर्ण र आश्चर्यजनक रहेकाे छ। संविधान र कानुनकाे व्याख्यामा यस्ताे परस्परविराेधी अभ्यासले कहाँ पु-याउने हाेला ?’
थापाले सर्वोच्चको आदेश एकदिन अघिनै प्राप्त सूचना भनेर पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको विषयमा यो सेटिङ हो कि के हो भनेर प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘प्रचण्डले एकदिनअघि गरेकाे भाषण र सर्वाेच्चकाे एकदिन पछिकाे फैसला हुबहु किन मिलेकाे हाेला ? याे सेटिङ हाे कि के हाे ?’
उहाँले सर्वाेच्च अदालत आफ्नाे प्रतिष्ठामा कायम रहाेस् भन्ने शुभकामना दिँदै भन्नुभएको छ, ‘मन्त्री बनाउने, बजेट वक्तव्यकाे संशाेधन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वाेच्चकै हाे र ?’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...