कालिकामाई गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता



हाम्रो इकोनोमि

 

पर्साको कालिकामाई गाउँपालिकामा विकासको नाममा व्यापक रुपमा अनियमितता भइरहेको तथ्य फेला परेको छ । गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको स्थानियको गुनासो बढेपछि कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेर आर्थिक बर्ष २०७७÷०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि जानकारी लिन खोज्दा त्यहाँकार्यरत कर्मचारीले बताउँनमानेन् । गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिकाको वेभसाइटमा पनि राखिएको छैन् ।

गाउँपालिकाका सूचना अधिकारी अमित चौरसिया संग सूचना माँगगर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, सम्पूर्ण योजनाबारे जानकारी हाकिम साहेब संग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउँनु हुन्छ ।

प्रमुखप्रशासकियअधिकृत जयचन्द्र साहसंग बुझन खोज्दा उनको कार्यालयमापन्ध्र दिनदेखि ताल्चा लगाईएको थियो । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन । गाउँपालिकाका योजना शाखा प्रमुख सुनिलकुमार रौनियार र लेखापाल अभिषेक साह समेत कार्यालयमा उपस्थित थिएन ।

कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको भेटियो । गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्मदर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्तानगरी खालि ठाउँ राखिएको छ ।

त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएको छ । मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्कीमाग सम्बन्धि पत्र दर्ता गरिएको छ । तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खालि राखेर अक्रो दर्ता गरिएको फेला परेको छ । मिति २०७८ असार ३ गते अन्तिमदर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकोे छ । त्यसको बिचमापनि केहीदर्ता नं. को खालि ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको प्रष्टयाएको छ । किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको बारे सोध्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफदिन सकेन ।

आर्थिक मसान्तको अन्तिम अन्तिमा आएर अनियमितता र पुरानो मितिमादर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको गाउँपालिका कै क्रमचारी स्रोतले जनाएको छ ।

अख्तियारको ध्यानपुग्न सकेन

गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुको गुनासो छ ।

गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको सम्बन्धमा अख्तियारमा मुद्दा परेपनि छानविन नभएको स्थानिय उपेन्द्र तिवारीले गुनासो गरे ।

उनले भने “यहाँनदी सफाईको नाममा ४० लाखखर्च भएको छ तर सडकको अवस्था दैनिय रहेको छ । थोरै पानी परे पनि सडकहिलो मै हुने गरेको छ । बढीकमिशनपाउने ठाउँमा मात्र गाउँपालिकाले काम गरिहरको छ ।“

स्थानिय सरकार बनेको साढे तिनबर्ष भएपनिअहिले सम्म सडक निर्माण नहुँदा स्थानिय बर्षायाममा समस्या भोग्दै आएको उनले वताए । मुख्य सडकमा हिलोयाम, घुडाभन्दा माथि पानी जमेकाकारण आवतजावत गर्ने समस्या भईरहँदा पनि जनप्रतिनिधि मुख हेराउँनआउँदैन ।

अर्का स्थानिय मन्टु कुमार रौनियारले हिलोयाम सडकका कारण गाउँमा एम्बुलेन्स, बिहेवारीमा जयन्ती समेत आउँन नसकेको वताए । सिकित्स विरामीलाई तीनचार जना मिलेर एम्बुलेन्स भएको ठाउँमा पु¥याउँनु पर्ने बाध्यता रहेको उनको भनाई थियो ।

बारम्बार जनप्रतिनिधिलाई गुहार लगाउँदा समेत अहिले सम्म कुनै सुनवाई नभएको स्थानिय जोगिन्द्र गिरीले वताए । गिरीले घर घरमा सिंहदरबार पुगेको भनिएपनि अहिले सम्म कालिकामाई गाउँपालिका जनताले सिंहदरबारको अनुभुतिभने पाउँननसकेको वताए ।

जनताको समस्या समाधान गर्नुभन्दा विकास निर्माणको नाममा आफना कार्यकर्तालाई भरण पोषण गर्ने काममात्र भईरहेको उनले गुनासो गरे ।

नक्कलीउपभोक्ता समितिमार्फत बिकास निर्माणको योजना संचालन

आर्थिक मसान्तको अन्तिमको असार महिनामा आएर गाउँपालिकामा संचालित विकास निर्माणको योजनाहरु उपभोक्ता समितिमार्फत काम भइरहेको वताइएपनि ठेक्दारले काम गराईरहेको पाइएको छ । कागजी पक्रिया मिलाउनमात्र उपभोक्ता समिति गठन गर्ने गरिएको छ ।

गाउँपालिकाबाट भइरहेको ७० लाखको बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँकार्यपालिकाको लागिखरिद भएको जग्गाको बाउन्डरी वालनिर्माण, धर्मशालाको भवन निर्माणको योजनाहरुको उपभोक्ता समिति मार्फत संचालनमा छन् । तर कालिकामाई मन्दिरको भवननिर्माण र गाउँपालिकाको जग्गाको बाउन्डीवाल ठेक्दारले काम गराइरहेको प्रत्येक्षदर्शशीहरुले वताएका छन् । जुन नियमले मिल्दैन् । उपभोक्ता समितिका पदाधिकारीको बारे जानकारी लिनखोज्दा जनप्रतिनिधि र कर्मचारी कसैले बताउनचाहेनन् ।

खोला सफाईमा ४० लाखखर्च

चालु आर्थिक बर्षमा खोला सफाईमा ४० लाख खर्च भएको छ । गाउँपालिका अन्तर्गको गंगोल र बहीखोला सफाईमा ४० लाखखर्च भएको गाउँपालिकाका सब इन्जिनियर मिथिलेश यादवले वताए ।

सो खोला सरसफाई पनि उपभोक्ता समितिमार्फत नै भएको उनले वताए पनि उपभोक्ता समितिको अध्यक्षको नाम समेत वताउन सकेन । उनले खोला सरसफाईको इस्टिमेट पनि देखाउनमानेन् । खोला सफाईमा १५ देखी २० लाख सम्ममात्रखर्च भएको स्थानियहरुको भनाई छ ।

अन्य योजनामा समेत अनियमितता

गाउँपालिकाबाट वितरण भएको ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएको छ । ग्यास सिलिन्ड खरिदको बारेमा पनि बुझ्नखोज्दा गाउँपालिकाका र्यालयमा भेटिएका कर्मचारीहरु कोई बताउन मानेन् ।

४५ सय देखी ५ हजार सम्म पर्ने ग्यास सिलिन्डर र चुल्लाखरिद ६२ सयमाभएर ठुलो रकमको चलखेल भएको गाउँपालिका स्रोतले जनाएको छ ।

यस्तै, आर्थिक बर्ष २०७७÷०७८ को सुरु मै विपद व्यवस्थापनको रकमबाट जनप्रतिनिधिहरुले भत्ताको नाममाएक÷एकलाख रकम भागवंडा लगाएकाथिए ।

गाउँपालिकाको चालुगतखर्चमापनिअनियमितता

गाउँपालिकाको चालु गत खर्चमा पनि अनियमितता भएको छ । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कार्यालयमा भएको दिनको पनि टियडिय बुझेको गाउँपालिका स्रोतले जनाएको छ ।

उनले चेकमा हस्ताक्षर गरेको दिनको पनि टियडिय बुझेको तथ्यले सो कुरा प्रमाणित गर्ने स्रोतको भनाई छ ।

यस्तै, गाउँपालिकाको जनप्रतिनिधिले वीरगंज मै बसेर नक्कली बिलभर्पाई बनाएर टिएडिय बुझेका छन् । यसका साथै काठमाडौे र पोखरा भ्रमण गरे वापतपनि नक्कली बिल बनाएर रकम निकासा भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...