ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर बेपत्ता



हाम्रो इकोनोमि

 

 

गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली बेहुलातर्फको गरगहना र नगद लिएर गायब भएकी छन् । शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उजुर हालेका छन् ।

दुई महिनादेखि गैंडाकोट–४, लखनचोकको डेरामा एक्लै बस्दै आएकी गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुलाको परिवारले बताएको छ । तर प्रहरीमा भने ३ लाख बराबरको गरगहना र पटक पटक गरी दिइएको करिब १ लाख नगद लिएर सलिना फरार भएको उजुरी प्राप्त भएको इलाका प्रहरी कार्यालय,गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालले जानकारी दिनुभएको छ ।

परिवारमा कोही पनि नभएको बताउँदै आएकी सलिनाको गोरखामा आफ्नी भाउजू रहेकाले त्यहिँको मन्दिरमा शनिवार विवाह गर्ने आग्रहबमोजिम बेहुला पक्षले तयारी गरेको थियो । बिहान करिब ९ बजे बेहुली पार्लर गएर नफर्केपछि बेहुलापक्षको ओठ तालु सुकेको हो । लामो समयसम्म नफर्केपछि आफूहरूले फोन गरेको तर ‘पार्लरमा छु,अहिले फोन उठाउन मिल्दैन’ भनेकी सलिनाले त्यसपछि मोबाइल अफ गरेको केटा पक्षले बताएको छ । लगत्तै खोजतलास गरे पनि विहेको लागि तयारी गरिरहेकी बेहुली एकाएक गायब भएकी हुन् ।

सलिनाको गैंडाकोट–४ का ईश्वरीप्रसाद अर्यालसँग शनिवा विवाह पक्का गरिएको थियो । आफू र बेहुली खनालबीच एक महिनादेखि निरन्तर कुराकानी भइरहेको बेहुला अर्यालले बताएका छन् । सलिना र कतारमा रहेका ईश्वरीको चिनजान र भेटघाट नजिकैकी छिमेकी दिदीले गराएकी हुन् ।

सलिनाले विवाहको लागि तयार पारिएको सुनका गहनाहरूमध्ये इण्डियन मंगलसूत्र,तिलहरी,नत्थि, झुम्कासहित एक लाख नगद लिएर गएको बताइन्छ । बेहुलीको शनिबारअघिको भनाई उद्धृत गर्दै बेहुलापक्षले भनेको छ ‘सलिनालाई उनको परिवारले हेप्ने गरेको भन्थिन् । त्यसैले परिवारलाई देखाउनको लागि भए पनि गरगहना लगाएर जान्छु भनेपछि आफूहरूले अघिल्लो दिन नै गरगहना उनलाई दिएको हो ।’

तर शनिवारपछि उनका सानो बुबा भन्ने मान्छेले पनि फोन नउठाएको र भाउजू भनिएकी गोरखाकी महिलाले सलिनासँग आफ्नो कुनै नाता नरहेको बताएकी छन् । भाउजूले यतिखेर आफू गोरखाबाट बाग्लुङ पुगेको फोनमा बताएको बेहुलाका एक जना नातेदारले जानकारी दिए ।

यसबारेमा थप जानकारी लिन खोज्दा इलाका प्रहरी कार्यालय, गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालले तत्काल अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तर घटनाबारे विस्तृत रुपमा बताउन नमिल्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...