माधव समुह तितरबितर, ३ नेता बाहेक सबै ओली पक्षमा



हाम्रो इकोनोमि

 

 

 एकताको पक्षमा उभिएका पाँच नेताबिरुद्ध माधव समुहले अभियान नै चलाएको तथ्य बाहिर आएको छ । माधव निकट नेता जगन्नाथ खतिवडाले एकताको पक्षमा लाग्नुभएका योगेश भट्टराई र भीम आचार्यको नामै लिएर भिडन निर्देशन दिनुभएपछि माधव समुहले एकतालाई केवल हात्तिको देखाउने दाँत मात्रै बनाएको र आफ्नै समुहका एकता पक्षधर नेताहरुमाथि अभियान चलाएको तथ्य उजागर भएको हो ।

योगेश भट्टराईले एमाले र सुर्य चिन्ह नछाड्ने स्पष्ट बताइसकेका छन् । उनी ओली खेमामा लाग्ने सम्भावना कमजोर छ । घनश्याम भुसाल, ठाकुर गैरेलगायत नेताहरु विस्तारै गौतमसँग नजिकिएका छन् । उनीहरु नेपालले अर्को दल खोलेमा नलाग्ने पक्षमा देखिएका छन् । माधव नेपालले भने नयाँ दल खोल्ने तयारी बढाइसकेका छन् । उनलाई निरन्तर साथ दिने भीम रावल पक्षमा रहने निश्चित छ । सुरेन्द्र पाण्डे पनि रहन सक्छन् । गोकर्ण बिष्टको पनि सम्भावना छ । तर, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य भने ओली खेमामै रहने सम्भावना देखिनथालेको छ ।

एमाले बिभाजन गरी नेकपा माओवादीमा बिलय गराउने अभियानमा लाग्नुभएका नेता नेपालकै निर्देशनमा खतिवडासहित डा. बिजय पौडेल, रामकुमारी झाँक्रीसहितका नेताहरुले एकताका लागि पहल थालेका पाँच नेताबिरुद्ध अभियान चलाउनु भएको हो । उहाँहरुले आफ्नो ग्रुप बनाएर अव भिडनुपर्ने बताउनु भएको छ । पछिल्लो समय माधव नेपाल समूहका नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट र भीम आचार्यको विरुद्ध संगठित हुन थालेका छन् । पुस्पलाल मित्रता केन्द्रका नाममा जगन्नाथ खतिवडाले नेतृत्व गरेको समूह पाँच नेताविरुद्ध खुलेरै लागेको छ ।

‘अब योगेश भट्टराईहरुसँग भिड्नु पर्ने अवस्था आएको छ, यसका लागि तयारी रहनुहोला, उहाँहरुले हामीलाई धोका दिदै हुनुहुन्छ’, खतिवडाले मित्रता केन्द्रको बैठकमा भन्नुभएको छ । खतिवडाले आफू निकटका केही पत्रकाहरुलाई ग्रुपमै अब योगेशजी र भीम जीसँग भिड्नु पर्ने अवस्था आउदै छ भनेर सार्वजनिक रुपमै म्यासेज पठाउनु भएको छ ।

नेपाल समूहबाट सबैभन्दा पहिला नयाँ दल खोल्नु हुँदैन भनेर आवाज उठाउने भट्टराईका विरुद्ध नयाँ दल खोल्नुपर्छ भन्नेहरुले आन्तरिक संघर्ष गर्नु भन्दै आफ्नो समूहमा धारणा राख्न थालेका छन् । नेपाल समूहमा खतिवडा अध्यक्ष केपी ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व गरिरहनु भएको छ । सो समुहमा डा. विजय पौडेलसहित राजेन्द्र राई, यज्ञराज सुनुवार, रामकुमारी झाँक्रीसहितका नेताहरु हुनुहुन्छ । अलग पार्टी बनाएर कांग्रेस र माओवादीलाई बलियो बनाउनुपर्ने उहाँहरुको अभियान छ ।

माधव नेपाललाई कार्यकारी अधिकार नपाउने भएकाले एमालेमा बस्न हुँदैन भन्दै खतिवडाको समूहले एकता होइन, नयाँ पार्टी भन्ने अभियान नै चलाएको हो । वरिष्ठ नेता झलनाथ खनालले दिल्ली जाने दिन विज्ञप्ति जारी गरी विगतका सबै कुरा बिर्सिएर पार्टी एकता गर्न आह्वान गरेलगत्तै खतिवडा समुहले आपत्ति जनाएको थियो । सो वक्तब्यलाई खतिवडाले सामाजिक सञ्जालमा नक्कली भएको टिप्पणी गर्नुभएको थियो । पछिल्लो समय आफूले चालेको अभियान माधव नेपालकै निर्देशनमा भएको र आफूहरु नै माधवको असली उत्तराधिकारी रहेको खतिवडाले आफ्नो समुहको बैठकमा बताउने गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...