नेपाली काँग्रेसभित्र ८ जना सभापतिका दाबेदार



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसभित्र ८ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । जसमध्ये कतिपयले सभापतिका दोबदार ७० कटिसकेका छन् । नेपालीहरुको सरदर आयुभन्दा माथिको उमेर भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नै अहिले पनि सभापतिका मुख्य दाबेदार हुन् । तर, उनीहरुबाट तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरु पनि देखिएका छन् ।

सभापति शेरबहादुर देउवा ७५ वर्ष पुगिसकेका छन् । तर, उनीलाई नजिकबाट चिन्नेहरु योभन्दा बढी उमेर भएको बताउने गरेका छन् । अर्को कार्यकाल पनि उनी सभापति बन्न बढिसकेका छन् । अर्को कार्यकालसम्म उनी ८० को हाराहारीमा पुग्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्ष पुगेका छन् । उनी एक कार्यकाल काँग्रेसको नेतृत्व लिन चाहन्छन् ।

उपसभापति विमलेन्द्र निधि ६४ वर्ष पुगे । उनी काँग्रेस सभापति यसपटक बन्न नसके उमेर कटिसक्ने र अवसर नपाइने बुझाईका साथ बढेका छन् । निधिले महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग समन्वय गरिरहेका छन् । पावर सेयरिङ गरेर तीन नेताबीच कुरा मिलाउन लागिपरेका छन् ।

महामन्त्री डा. सशाक कोइराला ६२ वर्षका भए । उनी यही बेलामा काँग्रेस सभापति बन्नु उपयुक्त समय भएको ठानिरहेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह ६५ वर्ष पुगेका छन् । विगतमा अस्वस्थ भएपछि सिंहले खानपानमा निकै ध्यान दिएर आफूलाई तन्दुरुस्त बनाएका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ७२ वर्ष पुगेका छन् । उनले अघिल्लो पटक पनि सभापतिको उम्मेदवारी दिएका थिए । सिटौला यसपटक पनि सभापतिका आकांक्षी हुन् । काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला ७० वर्ष पुगेका छन् । उनी पनि सभापतिका आकांक्षी हुन् । कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीमध्ये शेखर सबैभन्दा जेठा हुन् ।

काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला ६७ वर्ष पुगिन् । क्यान्सरबाट संक्रमणमुक्त भएपछि उनी सामाजिक कार्यमा बढी सक्रिय छिन् । सुजाता पनि सभापतिको आकांक्षी हुन् । काँग्रेस नेतृत्वमा महिला पहिलोपटक पुग्नुपर्ने भन्दै अगाडि बढेकी छिन् ।

काँग्रेसभित्र सभापतिका मुख्य दाबेदारहरु ७५ कटेका छन् । केही ७० कटेकाहरु छन् । सबैजसो ६० कटेका छन् । यसबाट अझैपनि काँग्रेस नेतृत्व ५० को दशकमा रहेकाहरुको हातमा आउने अवस्था नबनेको देखिन्छ । दुई दशक यीनै नेताहरुको वरिपरि काँग्रेसको राजनीति घुमिरहने देखिदैछ ।

नेताहरुको उमेर स्रोतः विकिपेडिया

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...