एमालेका युवा नेताहरुको घरदैलो, को-कुन क्याम्पमा



हाम्रो इकोनोमि

 

 

नेकपा एकता अभियान चलाएका बामदेव गौतम अहिले नेकपा एमाले एक बनाउन सक्रिय छन् । तर, उनी अहिले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नमिल्ने निष्कर्षमा पुगेका छन् । विश्वस्त स्रोतका अनुसार गौतमले ओली र नेपाल नमिल्ने अवस्थामा पुगिसकेको भन्दै आफ्नो भावी भूमिका स्पष्ट पार्ने तर्फ लागेका छन् । यद्यपि, उनी एकता अभियान नछाड्ने रणनीतिमा छन् । गौतम पनि आफ्नो राजनीतिक भविष्य बलियो बनाउने गरी प्रस्तुत हुन थालिसकेका छन् । उनले एमालेभित्रै एकता पक्षधरको तेस्रो धार बनाएर बलियो बन्ने तयारी गरेको बुझिएको छ ।

एमालेभित्र ओली र नेपाललाई मिलाउन तेस्रो धार बनाउँदै लगेका गौतमका अलावा विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल नयाँ शक्तिका रुपमा देखिदैछन् । नेम्वाङ ओली खेमाको अर्को शक्तिका रुपमा बढिरहेका छन् । पौडेलको निकटता गौतमसँग पनि छ । उनी एमालेभित्र नेतृत्वको विकल्पका रुपमा देखिन खोज्दैछन् ।

इश्वर पोखरेल ओली खेमाका बलिया नेता हुन् । तर, ओलीका सबैभन्दा विश्वासपात्रहरु उनलाई रुचाइरहेका छैनन् । उनी पनि एमाले विभाजन भएमा बलियो बन्न फरक रणनीति बनाउँदै बढेका छन् । एमाले विभाजन भएमा सुरेन्द्र पाण्डे र गोकर्ण नेपाल तिरै लाग्ने सम्भावना देखिएको छ । तर, नेपाल तिर नलागे उनीहरु ओली खेमामै अर्को समूहको नेतृत्व गरेर संघर्ष गर्ने तयारीमा पनि छन् । नेपाल समूहले नयाँ दल खोल्न लाग्दा त्यहाँ कस्तो स्थान मिल्ने हो त्यसले पनि उनीहरुको कित्ताकाट स्पष्ट हुनसक्छ । भीम रावल नेपाल पछि बलियो नेताका रुपमा प्रष्ट देखिएपछि पाण्डे र बिष्ट अलमलमा परेका हुन् ।

योगेश भट्टराईले एमाले र सुर्य चिन्ह नछाड्ने स्पष्ट बताइसकेका छन् । उनी ओली खेमामा लाग्ने सम्भावना कमजोर छ । घनश्याम भुसाल, ठाकुर गैरेलगायत नेताहरु विस्तारै गौतमसँग नजिकिएका छन् । उनीहरु नेपालले अर्को दल खोलेमा नलाग्ने पक्षमा देखिएका छन् । माधव नेपालले भने नयाँ दल खोल्ने तयारी बढाइसकेका छन् । उनलाई निरन्तर साथ दिने भीम रावल पक्षमा रहने निश्चित छ । सुरेन्द्र पाण्डे पनि रहन सक्छन् । गोकर्ण बिष्टको पनि सम्भावना छ । तर, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य भने ओली खेमामै रहने सम्भावना देखिनथालेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...