एमालेका युवा नेताहरुको घरदैलो, को-कुन क्याम्पमा



हाम्रो इकोनोमि

 

 

नेकपा एकता अभियान चलाएका बामदेव गौतम अहिले नेकपा एमाले एक बनाउन सक्रिय छन् । तर, उनी अहिले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नमिल्ने निष्कर्षमा पुगेका छन् । विश्वस्त स्रोतका अनुसार गौतमले ओली र नेपाल नमिल्ने अवस्थामा पुगिसकेको भन्दै आफ्नो भावी भूमिका स्पष्ट पार्ने तर्फ लागेका छन् । यद्यपि, उनी एकता अभियान नछाड्ने रणनीतिमा छन् । गौतम पनि आफ्नो राजनीतिक भविष्य बलियो बनाउने गरी प्रस्तुत हुन थालिसकेका छन् । उनले एमालेभित्रै एकता पक्षधरको तेस्रो धार बनाएर बलियो बन्ने तयारी गरेको बुझिएको छ ।

एमालेभित्र ओली र नेपाललाई मिलाउन तेस्रो धार बनाउँदै लगेका गौतमका अलावा विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल नयाँ शक्तिका रुपमा देखिदैछन् । नेम्वाङ ओली खेमाको अर्को शक्तिका रुपमा बढिरहेका छन् । पौडेलको निकटता गौतमसँग पनि छ । उनी एमालेभित्र नेतृत्वको विकल्पका रुपमा देखिन खोज्दैछन् ।

इश्वर पोखरेल ओली खेमाका बलिया नेता हुन् । तर, ओलीका सबैभन्दा विश्वासपात्रहरु उनलाई रुचाइरहेका छैनन् । उनी पनि एमाले विभाजन भएमा बलियो बन्न फरक रणनीति बनाउँदै बढेका छन् । एमाले विभाजन भएमा सुरेन्द्र पाण्डे र गोकर्ण नेपाल तिरै लाग्ने सम्भावना देखिएको छ । तर, नेपाल तिर नलागे उनीहरु ओली खेमामै अर्को समूहको नेतृत्व गरेर संघर्ष गर्ने तयारीमा पनि छन् । नेपाल समूहले नयाँ दल खोल्न लाग्दा त्यहाँ कस्तो स्थान मिल्ने हो त्यसले पनि उनीहरुको कित्ताकाट स्पष्ट हुनसक्छ । भीम रावल नेपाल पछि बलियो नेताका रुपमा प्रष्ट देखिएपछि पाण्डे र बिष्ट अलमलमा परेका हुन् ।

योगेश भट्टराईले एमाले र सुर्य चिन्ह नछाड्ने स्पष्ट बताइसकेका छन् । उनी ओली खेमामा लाग्ने सम्भावना कमजोर छ । घनश्याम भुसाल, ठाकुर गैरेलगायत नेताहरु विस्तारै गौतमसँग नजिकिएका छन् । उनीहरु नेपालले अर्को दल खोलेमा नलाग्ने पक्षमा देखिएका छन् । माधव नेपालले भने नयाँ दल खोल्ने तयारी बढाइसकेका छन् । उनलाई निरन्तर साथ दिने भीम रावल पक्षमा रहने निश्चित छ । सुरेन्द्र पाण्डे पनि रहन सक्छन् । गोकर्ण बिष्टको पनि सम्भावना छ । तर, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य भने ओली खेमामै रहने सम्भावना देखिनथालेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...