माधव नेपाल कै कारण एमाले एकताको सम्भावना टर्यो



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज/भोलिभित्रै वार्ता हुने भनेर दोस्रो तहका नेताहरुले बताएपनि अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन् । ओली पक्षले पार्टी एकताको लागि नेपाल पक्षधर सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भनेर सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडान लिँदै आएको छ ।

आज विहानमात्रै ओली पक्षधर नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले तत्काल पार्टी एकता हुने संकेत नरहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? खिचडी पाक्ने त हो–होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन। अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।’

बाँस्कोटाको पछिल्लो यो ट्विटले पनि तत्काल एकता नहुने बुझिएको छ । नेता नेपाल हिजोमात्रै विपक्षी गठबन्धनको बैठकमा सहभागी थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा विपक्षी गठबन्धनलाई सशक्त बनाएर लैजानेबारे सहमति भएको थियो । नेता नेपालले आफू कुनैपनि हालतमा अदालतमा दिएको हस्ताक्षरबाट ब्याक नहुनेपनि नेताहरुलाई आश्वस्त पारेका थिए ।

 

माधव नेपालबाट लाभ लिनेहरुले नै साथ छाड्दै गए

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथिको सुनुवाईमाथि यही असार ९ गतेदेखि नियमित सुनुवाई हुँदैछ । सत्तारूढ नेकपा (एमाले) का नेताहरुले संसद् पूनःस्थापना दाबी गरिरहेका छन भने विपक्षी गठबन्धनका नेताहरुले पूनःस्थापना हुने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पनि संसद् पूनःस्थापना भएपनि आफू नै बहुमतमा रहिरहनेगरि तयारी थालेका छन् । उनले संसद्मा बहुमतमा रहनकै लागि जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई महत्वपूर्ण ११ मन्त्रालय दिएर सरकारमा सहभागी गराएका छन् ।

आफ्नै पार्टीका नेपाल पक्षधर नेताहरुसँग पनि नियमित छलफलमा छन् । सकेसम्म धेरै भन्दा धेरै सांसद आफूतिर तान्ने उनको रणनीति छ । पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तारमा नेपाल पक्षधर गणेश पहाडीलाई मन्त्री बनाएर उनले नेपाल पक्षधर सांसदहरुलाई आफूतिर तानेको सन्देश दिएका छन् ।

नेपालनिकट नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यपनि प्रधानमन्त्री ओलीसँग लगातार छलफलमा छन् । नेता भट्टराईले एमालेको एकता कसैले पनि चाहेर रोक्न नसक्ने दाबी गरे । प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका थिए,‘हामी एकता पक्षधर हौं । माधव नेपालपनि एकता, रुपान्तरण र संघर्षको पक्षमा हुनुहुन्छ ।’

तिजा एक/दुई दिनभित्रै आउने दाबी गरेका छन् । तर, नेता नेपाल भने अब कुनैपनि हालतमा ओलीसँग सम्झौता नगर्ने मुडमा पुगेका छन् । उनले आफूनिकट नेताहरुसँग ओली सच्चिने सम्भावना नरहेकोले अब सोहीअनुसार अघि बढ्नुपर्ने बताउन थालेका छन् । उता, ओली पक्षले पनि अब एकताको लागि धेरै समय नकुर्ने बताउन थालेको छ । भोलिसम्म एकताको लागि तयार नभए अब एकता हुन नसक्ने यो पक्षको भनाई छ ।

अहिलेपनि पार्टी एकता जोगाउनको लागि भन्दै एमालेका दोस्रो तहका नेताहरु छलफलमै छन् । तर, मुख्यगरि ओली पक्षबाट विष्णु पौडेल र नेपाल पक्षबाट घनश्याम भुषाल एकताको लागि छलफलमा जुटेको बताईएको छ । यी दुई नेताले आजसम्ममा नै एकताको लागि ठोस प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली पक्षधर नेताहरुले एमाले एकता पूर्ण रुपमा नभएपनि माधव नेपाल र भीम रावललगायत केही नेता बाहिरि गएपनि अरु नेताहरु एकतामा आउने दाबी गरेका छन् । हालै ओलीनिकट नेता कर्ण थापाले पनि माधव नेपाल र भीम रावलबाहेक अरु नेताहरुसँग एकता हुने दाबी गरेका थिए । अध्यक्ष ओलीले पनि अब माधव नेपालसँग सहमति हुने सम्भावना नरहेको निश्कर्ष निकालेको एमालेनिकट स्रोतको दाबी छ । माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष छ । त्यसैले एकताको लागि नेता नेपालसँग अब वार्ता नै नगर्ने ओलीको चाहना छ । बरु, नेपाल पक्षधर प्रभावशाली नेताहरुसँग भने उनले एक्लाएक्लै भेटवार्ता जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...