माधव नेपाल र भीम रावलको राजनीतिक भविश्य नै समाप्तीतिर



हाम्रो इकोनोमि

 

 

कम्युनिष्ट पार्टीको सदस्य हुने हो भने आफूलाई चित्त नबुझे पनि पार्टी निर्णयलाई निःशर्त पालना गर्नुपर्छ । पार्टी निर्णय अबज्ञा गर्नेहरु कम्युनिष्ट पार्टीको नेता–कार्यकर्ता त के, साधरण सदस्य पनि हुन योग्य रहँदैन ।’ यी भनाई नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालका हुन ।

ण्डै १५ बर्ष पार्टी सत्ताको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्री नेपालले गत फागुन २३ गतेसम्म निरन्तर यही अडान राख्नुभयो । तात्कालिन नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछि लागेर पहिलो बरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभियान चलाउँदा सहमतिका आधारमा महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने एकताको मुल आधार भत्काउन पनि नेता नेपालले यही सिद्धान्तको कवालत गर्नुभयो । बहुमतको निर्णय नै पार्टी निर्णय र पार्टीको निर्णय निःशर्त पालना गर्ने मात्रै कम्युनिष्ट पार्टीका सदस्य भन्दै अभियान चलाउनु भएका नेता नेपाल यतिबेला आफै सोही आदर्शबाट च्यूत देखिनुभएको छ । खासगरी फागुन २३ गते सर्वाेच्च अदालतले तात्कालिन नेकपालाई खारेज गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएपछि माधव नेपाल आफ्नो आदर्शबाट पुरै स्खलित बन्नुभएको देखिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई समाप्त पार्ने र पार्टी कब्जा गरेर आफ्नो एकाधिकार लादने चाहनामाथि अदालतको फैसला बाधक बनेको देखेर नेपाल एमालेमै रहने तर सेवा चाँहि प्रचण्डकै भाषामा भन्ने हो भने भारतका लागि कम्फर्टेवल गठबन्धन कांग्रेस–माओवादी र जसपाका उपेन्द्र यादवको गर्ने प्रमाणित भइसकेको छ । नेपाल समुहकै प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराईले एमालेभित्रको बिवाद पार्टीभित्रै कायम गरी समाधान गर्ने पहल गरिरहेको बेला आइतवार भीम रावलसहित देउवा निवास पुगेर माधव नेपालले आफ्नो अनुहारमै कालो पोत्ने काम गर्नुभएको छ । एमालेमा रहँदा मैले के पाउँछु ? मैले केही नपाउने पार्टीमा किन फर्कने ? भन्ने जस्ता प्रश्न आफ्नै समुहका नेतामाथि गर्दै भारतका लागि कम्फर्टेवल सरकार बनाउने र सो कांग्रेसलाई सत्ता सुम्पिएर नेपाली कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कामकै निरन्तरताका रुपमा नेपाल देउवा निवास पुगेको घटनालाई लिन सकिन्छ ।

देउवा नेतृत्वको गठबन्धनमा लागेर आफ्नै पार्टीको सरकार र अध्यक्षबिरुद्ध नेपालले गर्नुभएको काम उहाँकै परिभाषाअनुसार कम्युनिष्ट पार्टीका सदस्यसमेत हुन लायक होइन । तर नेपाल आफ्नो ब्रश्त्र एक एक गरी खोल्दै सर्वाङ्ग हुने र अरुमाथि दोष देखाउने काम गर्न थाल्नुभएको हो । राजनीतिक जीवनको इतिहासमा कहिल्यै प्रतिस्पर्धाबाट नेतृत्वमा नपुग्नु भएको कारण एमालेको नवौं महाधिवेशनमा अध्यक्ष ओलीसँग पराजीत भएको कारण नेपाल इगोको रुपमा लिएर आफ्नै आदर्शबिरुद्ध उभिनु भएको उहाँ निकटकै रहेका नेता–कार्यकर्ताको बुझाइ छ । अस्थिरतामा खेलेर नेतृत्व हत्याउने र आफू नेतृत्वमा पुगेपछि उज्वल भविश्य भएका नेता कार्यकर्ताको राजनीतिक कत्लेयाम गर्ने कुण्ठा बोकेर हिँडदा नेपाल आफै समाप्तीको डिलमा पुग्नुभएको छ ।

पछिल्ला घटनाक्रम हेर्दा माधव नेपाल आफैले रचेको चक्रब्यूँहमा फसेर राजनीतिक भविश्य नै समाप्तीको अवस्थामा पुग्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको उक्सहटमा लागेर एमालेबिरुद्ध नेपालले गर्नुभएको काम जीवनभर बोक्दै आएको आदर्शमाथिको बलात्कार हो भन्नेमा एमाले नेतादेखि कार्यकर्तासम्म ढुक्क छन । तर नेपाल आफै अहंकार, दम्भ, इगो र लगुताभाषमा फसेर आफ्नै पार्टी र सुनौलो इतिहास मात्रै होइन, देश र जनताकै भविश्यमाथि खेडलाव गर्ने अत्यन्तै घातक काम गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...