देउवा बिरुद्ध तिन भाईको गोप्य मिटिङ, यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी छन् ।

निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए । निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच पारिवारिक र राजनीतिक छलफल भइरहेको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सभापति शेरबहादुर देउवानिकट निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ । देउवाले प्रदेशगतरूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशनकेन्द्रित छलफल थालेका हुन् । जारी छलफलमा निधिले आफ्नो उम्मेदवारीबारे अवगत गराउँदै सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

‘मुख्यतः यो पारिवारिक भेट हो तर नेताहरू भेटेपछि राजनीतिक कुरा भैहाल्छ । महाधिवेशनबारे एक अर्काको कुरा सुन्ने सुनाउने काम भएको छ’, निधिनिकट स्रोतले भन्यो । यसअघिल्लो अघिल्लो वर्ष साउनमा निधिले कोइराला र सिंहलाई उनीहरूकै निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।

आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे । सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए । छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् ।

उपसभापति निधिले एनिभर्सरीको अवसरमा सभापति शेरबहादुर देउवालाई पनि निम्तो गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँगको छलफलकै बीचमा देउवा बूढानीलकण्ठबाट बाहिरिएका छन् । उनी वागमती प्रदेशका पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाको निवासमा पुगेका छन् । कोइरालाका पति दिनेश कोइरालाको निधनको १३ औं दिनको तिथिमा सहभागी हुन देउवा त्यहाँ पुगेका हुन् । त्यसपछि देउवा निधि निवास जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...