फेरि देउवा निवास धाउन थाले माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता माधवकुमार नेपाल फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धाउन सुरू गर्नुभएको छ । विपक्षी गठबन्धनको बैठकको नाममा नेपालले फेरि देउवा निवास धाउन थाल्नुभएको हो । एमालेका प्रभावशाली युवा नेता योगेश भट्टराइले नेपालले बुढानिलकण्ठ मोह नत्यागे नेपालको पछि नलाग्ने उद्घोष गर्नुभएपछि नेपालले विपक्षी गठबन्धनका नेतालाइ आफ्नै निवास कोटेश्वरमा बोलाएर भेट्नुभएको थियो ।

देउवा र पुष्पकम दाहाल प्रचण्ड संयुक्त रूपमा जानु भएको थियो भने डा बाबुराम भट्टराइ एक्लै नेपाल निवास पुग्नुभएको थियो । आइतबार पुनः नेपाल विपक्षी गठबन्धनको बैठकमा नाममा देउवा निवास पुग्नु भएको। नेपाल समूहका भनेर चिनिएका केही नेता समेत एमाले एकताका लागि प्रयास गरिरहेको र एकता निष्कर्षमा पुग्न लागेको भनिरहेको समयमा नेपाल आफैँ भने एमालेमा नफर्कने निष्कर्षसहित विपक्षी गठबन्धनका बैठकमा सक्रिय सहभागी भैरहेका छन ।

नेपालसँग डा भीमबहादुर रावल, वेदुराम भुसाल, रघुजी पन्त, कल्याणी खड्का लगायतका नेताहरू एमालेमा नफर्किने निष्कर्षमा छन । उनीहरूकै दबाबमा नेपाल नयाँ पार्टी बनाउने वा कुनै पार्टीममा समाहित हुने भन्नेमा निष्कर्षमा पुग्न सक्नुभएको छैन । नेपाल भने अब एक्लो बने पनि एमालेमा नफर्कने मनस्थितिमा पुगेको उहाँ निकट नेताले बताएका छन ।

अहिले देउवा निवासमा भैरेहक रात्रीभोज सहितको बैठकमा नेपालसहित भीम रावल,  कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का, माओवादीबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ र जसपाको उपेन्द्र यादव, डा बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...