दीपक मनाङ्गेको आरोपमा सत्यता छैन : निर्देशन त्रिपाठी



हाम्रो इकोनोमि

 

 

दीपक मनाङ्गे भन्ने गण्डकी प्रदेशका आदर्शवान मन्त्री ले गोल्डेनगेट कलेजका सिइओ एबम राखेपका सदस्य-सचिव रमेश कुमार सिलवाल माथि केही आरोपहरु लगाएको पढ्न पाए। यदि अत्यन्त राम्रो छवि भएको, इमान्दार, राष्ट्रप्रेमी राजनेता दीपक मनाङ्गे ज्यू ले भन्नु भाको हो भने पक्कै आरोप सोच्ने खालका नै छन् । केही पनि शैक्षिक योग्यता बिना पनि जीवन को भोगाइ बाट सिकेर अनि न्याय को पक्ष मा वकालत गर्ने आदरणीय मनाङ्गे ज्यू ले मात्र केमिस्ट्री मा Associate professor रहेका सिलवाल विरुद्ध बोलेर सम्पूर्ण शिक्षित वर्ग को लागि एउटा नया उदाहरण बनेका छन् । मलाई त विश्वास पनि लाग्यो, South Asian Games सफल रूपले कार्यान्वन गरेका सिलवालले दीपक मनाङे ज्यू जति केही पनि गरेका छैनन् देश को लागि । बर्षौ देखि निजि बिद्यालयहरुको शैक्षिक संगठनको अध्यक्षता सम्हालेर ११-१२ मा जुन गुणस्तर स्थापना गरे, यस्तो अपराध गर्ने व्यक्ति मा पक्कै पनि यो आरोप जायज छ।

सफा छवि भएको दीपक मनाङे एउटा उदाहरणीय राजनीतिज्ञ हुनुन्छ । देश को उच्च ओहोदामा मा पुग्न किन रमेश कुमार सिलवाल जस्तो शैक्षिक योग्यता चाहियो, सिदै केही मान्छे मारेर जेल बसे मन्त्री नै बन्न पाइन्छ नी । भन्ने लाई भन्दा पनि सुन्ने लाई लाज । म कुनै अन्धभक्त भएर या बिना आधार तर्क बिना बोलिरहेको छैन । एउटा केबल भूतपूर्व विद्यार्थी भएर रमेश कुमार सिलवाल सर को लागि लेख्दै छु । विद्यार्थी को नाताले म ती एकदमै कम हरुमा पर्छु जसले उहाँलाई व्यक्तिगत रूपमा नजिकको रुपमा चिन्ने मौका पाएको छु । उहाँका दुवै छोरीहरु, म्याम संग पनि अत्यन्त राम्रो पारिबारिक चिनजान छ । ४ बर्षमा र आज पनि रमेश कुमार सिलवाल भने पछि मेरो दिमागमा अत्यन्त बौद्धिक, अध्ययनशील अनि पारिवारिक व्यक्ति को छवि मात्रै आउँछ म मा ।

सबै उहाँका पक्ष हरुको जानकार भएको म दाबी त गर्दिन तर यति ढुक्कका साथ भन्न सक्छु कि यो जुन आरोप मनाङ्गेलें लगाएका छन , त्यो कुनै हालतमा सत्य छैन। ब्यक्तिगत रुपमा रमेशकुमार सिलवाल सर सग पारिबारिक सम्बन्ध पनि छ हाम्रो । रमेश सर “पान”भने मज्जाले खानुहुन्छ अरु आजसम्म देखेको छैन किनभने म उहाँकै सामीप्यतामा ४ बर्ष अध्ययन गरे जहाँ उहाँ बस्नु हुन्थ्यो। उहाँलाई नजिन बाट चिन्ने अबसर प्राप्त गरे । बोलचालीमा एकदम मिठास सबैसँग हासखेल गर्नुहुने रमेश सर लाई लगाएको आरोप , झुट , कपोलकल्पित शिबाय बाहेक अरुकेही हुन सक्दैन । यदि छ भने आधार देखाउनु पर्यो। अपराधिक पृष्ठभूमि बाट आएर भ्रष्ट राजिनित गर्दै मन्त्री बनेको ढाडे बिरालो ले अरुलाई दूध चोर भन्न काहा सम्म जायज छ?

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...