जसपालाई अर्थ मन्त्रालय नदिने, सरकार धरापमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)लाई अर्थ मन्त्रालय नदिने भएको छ । कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा सहभागी जसपाले समर्थन फिर्ता लिने चेतावनी दिएको छ । २ सांसद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने लिखित सहमति गरेपछि सदनमा विश्वासको मत पाएको थियो ।

जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्षविहीन बनेको छ। जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको हो । माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ। तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको छ। यता भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावी गरेका छन ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्न र भएका मन्त्रीलाइ जिम्मेवारी दिन नसकेपछि शेरबहादुर देउवा भेट्न काठमाडौँ हिडेका छन ।   उनले उपेन्द्र यदावलाइ सम्झाइदिन देउवालाइ अनुरोध गर्ने निकटकाहरूसँग बताएका छन । माओवादी भने जे पाए पनि लिने मनस्थितिमा रहेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...