जसपालाई अर्थ मन्त्रालय नदिने, सरकार धरापमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)लाई अर्थ मन्त्रालय नदिने भएको छ । कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा सहभागी जसपाले समर्थन फिर्ता लिने चेतावनी दिएको छ । २ सांसद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने लिखित सहमति गरेपछि सदनमा विश्वासको मत पाएको थियो ।

जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्षविहीन बनेको छ। जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको हो । माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ। तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको छ। यता भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावी गरेका छन ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्न र भएका मन्त्रीलाइ जिम्मेवारी दिन नसकेपछि शेरबहादुर देउवा भेट्न काठमाडौँ हिडेका छन ।   उनले उपेन्द्र यदावलाइ सम्झाइदिन देउवालाइ अनुरोध गर्ने निकटकाहरूसँग बताएका छन । माओवादी भने जे पाए पनि लिने मनस्थितिमा रहेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...