माधव नेपाल ब्याक नहुने संकेत



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एउटै पार्टीमा नरहने निश्चितप्रायः भएको छ । दुई नेताबीच कुरा मिलाउन एकता पक्षधरहरु जतिसुकै लागेपनि ओली र नेपाल मिल्न तयार देखिएका छैनन् । बरु शक्तिसंघर्षमा कस्ले बाजी मार्ने हो भन्ने चासोको विषय बनेको छ । ओलीले एकताको ६ बुँदे प्रस्ताव राखेपनि कार्यान्वयनमा नेपालको आशंका छ । यो प्रस्तावबाट आफू पक्षधर केही प्रभावशाली नेताहरुलाई तान्न मार्ग प्रशस्त गरेको बुझाई नेपालको छ । ओलीनिकट नेता कर्ण थापाले माधव नेपाल र भीम रावलबाहेकका नेतासँग कुरा मिल्ने बताइसकेका छन् । यसबाट पनि ओली नेपाल र रावललाई समेटेर जाने पक्षमा देखिएका छैनन् ।

नेपालले ओलीले प्रधानमन्त्री पद त्यागेमात्र सहमति गर्ने सन्देश दिइरहेका छन् । उनी कुनै हालतमा सत्ताबाट ओलीको बर्हिगमन चाहन्छन् । तर, ओली त्यसका लागि तयार छैनन् । एकता पक्षधरले ओली र नेपाल दुवै अध्यक्ष रहने र सरकारको नेतृत्व ओलीले गर्ने पार्टी नेपालले चलाउने गरी कुरा मिलाउन खोजेका छन् । तर, नेपाल त्यसका लागि तयार छैनन् । विश्वस्त स्रोतका अनुसार नेपाल अब टसमस नहुनेमा पुगिसकेका छन् । उनी कुनै हालतमा ओलीलाई सत्ताबाट हटाउन केन्द्रित छन् ।

नेपाल निकट २३ सांसदको हस्ताक्षर फिर्ता गराउन मात्र ओलीले एकताको प्रस्ताव राखेको नेपाल खेमाको बुझाई रहेको छ । हस्ताक्षर फिर्ता गर्नेवित्तिकै ओलीको पक्षमा माहोल बन्ने र सत्तामा उनी नै रहेर झन् कडा बन्न सक्नेमा शतर्क छन् । चुनाव भइहालेमा पनि ओलीले आफ्ना मान्छेलाई मात्र टिकट दिएर नेपाल खेमाका नेताहरुलाई अवसरबाट वञ्चित पारिदिन सक्छन् भन्नेबारे समिक्षा समेत भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको अन्तिम किनारा नलागेसम्म नेपाल अर्को पार्टी खोल्ने या ओलीसँग कुरा मिलाउने विषयमा अगाडि नबढ्ने रणनीतिमा छन् । तर, फैसलाका आधारमा उनी अगाडि बढ्ने देखिएको छ । सम्भवतः नेपाल नयाँ दल खोलेर बढ्ने तयारीमा पुगिसकेका छन् । उनी प्रचण्डसँग मिलेर नयाँ कम्युनिस्ट शक्तिको निर्माण गरेर आगामी चुनावसम्म जान चाहिरहेका छन् । प्रचण्डसँग राजनीतिक लेनदेन गर्ने उनको तयारी देखिइरहेको छ । यसबाट पनि नेपाल आफ्नै बाटोमा धेरै अगाडि बढिसकेकाले सुर्य चिन्ह भनेर नबस्ने अवस्थामा पुगिसकेका छन् । उनले कलम चिन्हको पार्टीको पूर्वतयारी गरिसकेका छन् ।

नेपालले वृहत कम्युनिस्ट पार्टीको निर्माणमा सक्रियता बढाइसकेका छन् । विगतमा नेकपा जस्तै उही नाम या केही फरक नामसहित कम्युनिस्ट घटकका नेताहरुलाई समेत समेटेर जाने तयारी भइरहेको छ । एमालेको कम्तिमा ३० प्रतिशत शक्ति, माओवादी केन्द्रलगायत विभिन्न कम्युनिस्ट शक्ति समेटेर नयाँ दल निर्माणको टुंगो असारभित्रै लाग्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...