उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेत राहत लिएर पुगे मेलम्ची



हाम्रो इकोनोमि

 

 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघको सहकार्यमा मेलम्चीका बाढी पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ, वर्तमान अध्यक्ष होम बहादुर बस्नेत(राजकुमार),सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष अमृत कार्की, महासचिव शम्भु बहादुर तिमिल्सिना,बरिस्ठ समाजसेवी एवं ब्यवसायी अमृत खड्का र नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरुको उपस्थितिमा मेलम्ची नगर पालिका मार्फत मेलम्ची र हेलम्बुका बाढी पीडितहरुलाई राहत उपलब्ध गराउने गरि सामाग्री हस्तान्तरण गरिएको हो। प्राकृतिक बिपत्तिमा पीडितहरुको साथमा आफुहरु पनि रहेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघको सहकार्यमा चामल १५० बोरा , दाल ४५० केजी, नुन १५० केजी, खाने तेल १५० लि.,सोयाबिन मस्यौरा १५० केजी,पोलार १५० पिस, म्याट्रीक्स ४८० मिटर र त्रिपाल १४० थान मेलम्ची नगर पालिकालाई हस्तान्तरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले जानकारी दिनुभयो।

असार १ गते परेको अविरल वर्षाका कारण इन्द्रावती नदी र लार्के खोलामा आएको बाढीले हेलम्बु र मेलम्ची नगर पालिकाका विभिन्न क्षेत्रहरूमा ठुलो धनजनको क्षती पुर्याएको थियो। बाढीकै कारण मेलम्ची बजार क्षेत्रमा रहेका सयौं घरहरु बस्नै नमिल्ने गरि क्षति पुगेको छ भने सयौं परिवार घरवारविहीन बन्न पुगेका छन। कोभिड महामारीका बीच भोग्न परेको प्राकृतिक बिपत्तिले सम्पुर्ण सिन्धुपाल्चोक वासीमा थप पीडा थपिएको बताउदै यस महाबिपत्तिमा संयमता पुर्वक सहनुको बिकल्प नरहेको दुबै संस्थाबाट जारी संयुक्त बिज्ञप्तिमा जनाइएको छ। यस विषम परिस्थितिमा बेघरवार हुनुभएका पीडित परिवारको साथमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघ साथमा रहेको संयुक्त बिज्ञप्तिमा उल्लेख छ।

तारादेवी नेपाल (प्रकृति )

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...