एमालेको दोस्रो तहका नेताबीच छलफल, एकता अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको छ । ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने माधव नेपाल-झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेको बताइएको छ । यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङले बताए । स्रोतका अनुसार जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत भएका छन् ।

त्यसो भएपछि माधव नेपालसहितका नेताहरूमाथिको कारवाही फिर्ता लिने र संसद पुनःस्थापना भए पनि नभए पनि एमालेको नेतृत्वको सरकारका पक्षमा माधव पक्ष उभिने कुरा भएको छ । यद्यपि माधव नेपाल, भीम रावल लगायतका नेताहरुले पछिल्लो वार्ताप्रति संशय व्यक्त गरेका छन् । तर, अन्य नेताहरू भने जेठ २ मा ओली फर्किन तयार भएपछि अरु सर्त राख्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...