एमालेको दोस्रो तहका नेताबीच छलफल, एकता अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको छ । ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने माधव नेपाल-झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेको बताइएको छ । यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङले बताए । स्रोतका अनुसार जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत भएका छन् ।

त्यसो भएपछि माधव नेपालसहितका नेताहरूमाथिको कारवाही फिर्ता लिने र संसद पुनःस्थापना भए पनि नभए पनि एमालेको नेतृत्वको सरकारका पक्षमा माधव पक्ष उभिने कुरा भएको छ । यद्यपि माधव नेपाल, भीम रावल लगायतका नेताहरुले पछिल्लो वार्ताप्रति संशय व्यक्त गरेका छन् । तर, अन्य नेताहरू भने जेठ २ मा ओली फर्किन तयार भएपछि अरु सर्त राख्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...