एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको सुनाए । उनले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...