जसपामा महन्थको बहुमत, उपेन्द्र गुट अल्पमतमा



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीभित्र को आधिकारिक भन्ने विवादको अझै टुंगो लागेको छैन । निर्वाचन आयोगमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले एक-अर्कामाथि कारबाही गर्दै पार्टी अद्यावधिक गर्न पठाएको पत्र अस्वीकृत भएको छ । आयोगको कदमपछि दुवै खेमाले फरक निर्णयहरु गरेका छन् । अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा २० जना थपेर बहुमत आफ्नो पक्षमा देखाउन खोजेका छन् । थपिएका १० जना नै उनी निकटस्थ हुन् । जसमध्ये वर्तमान सरकारका मन्त्री उमाशंकर अरगरिया र एकवाल मिया पनि छन् ।

यसअघि उपेन्द्र यादवले पार्टी कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी ११ जनालाई कारबाहीको निर्णय गरेका छन् । ५१ कार्यकारिणी सदस्यमध्ये ३० जना सशरीर आयोग गएर आधिकारिकता दाबी गर्ने निर्णय समेत भएको छ । जसपाको अहिलेको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् । तर, थपिएकालाई समेत आधिकारिक मान्ने हो भने महन्थ ठाकुर बहमुतमा पुग्छन् । अब थपिएकाले मान्यता पाउने हो या होइन भन्ने महत्वपूर्ण विषय हो । जसपाको थपिएका कार्यकारिणी समिति सदस्यले मान्यता नपाए उपेन्द्र यादवले आधिकारिक हुनेछन् । अन्यथा ठाकुरले आधिकारिकता पाएर जसपा नेतृत्व उनको हातमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...