जसपामा महन्थको बहुमत, उपेन्द्र गुट अल्पमतमा



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीभित्र को आधिकारिक भन्ने विवादको अझै टुंगो लागेको छैन । निर्वाचन आयोगमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले एक-अर्कामाथि कारबाही गर्दै पार्टी अद्यावधिक गर्न पठाएको पत्र अस्वीकृत भएको छ । आयोगको कदमपछि दुवै खेमाले फरक निर्णयहरु गरेका छन् । अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा २० जना थपेर बहुमत आफ्नो पक्षमा देखाउन खोजेका छन् । थपिएका १० जना नै उनी निकटस्थ हुन् । जसमध्ये वर्तमान सरकारका मन्त्री उमाशंकर अरगरिया र एकवाल मिया पनि छन् ।

यसअघि उपेन्द्र यादवले पार्टी कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी ११ जनालाई कारबाहीको निर्णय गरेका छन् । ५१ कार्यकारिणी सदस्यमध्ये ३० जना सशरीर आयोग गएर आधिकारिकता दाबी गर्ने निर्णय समेत भएको छ । जसपाको अहिलेको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् । तर, थपिएकालाई समेत आधिकारिक मान्ने हो भने महन्थ ठाकुर बहमुतमा पुग्छन् । अब थपिएकाले मान्यता पाउने हो या होइन भन्ने महत्वपूर्ण विषय हो । जसपाको थपिएका कार्यकारिणी समिति सदस्यले मान्यता नपाए उपेन्द्र यादवले आधिकारिक हुनेछन् । अन्यथा ठाकुरले आधिकारिकता पाएर जसपा नेतृत्व उनको हातमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...