राहात लिएर नेता नेपाल पुगे मेलम्ची



हाम्रो इकोनोमि

 

बाढी ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची बजारका पीडितहरुलाई सहयोग पुर्याउन प्रदेश सभा सदस्य अरुण नेपाल राहत लिएर मेलम्ची पुग्नुभएको छ। पुर्व मन्त्री अमृत बोहोरा,नेता तथा बरिस्ठ समाजसेवी एवं ब्यवसायी टपेन्द्र तिमिल्सिना,युवा नेता प्रदीप पौडेल, कुमार पौडेल लगायतको सहकार्यमा १०० बोरा चामल, ६० थान त्रिपाल,खाने तेल, नुन, दाल सहितका राहत सामाग्री लिएर नेता नेपाल मेलम्ची पुग्नु भएको हो। अविरल वर्षा सगै आएको बाढीले मेलम्ची बजार आसपासका सयौं घरहरुमा क्षती पुगेको छ भने धेरै परिवारका मानिसहरु बिस्तापित भएका छन।

बिस्थापित परिवारका मानिसहरुलाई आफन्त एवं विद्यालया आश्रय दिएर राखिएको छ। मेलम्ची नदिले बहावनै परिवर्तन गरेको छ।पहिले नदि बगेको स्थानमा माटो, बालुवा र लेदो थुप्रीएको छ भने नदिले बहाव परिवर्तन गरि बस्ती भएको ठाउँबाट नदि बगेको छ। बाढीमा परि आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही ब्यपत्ता भएकाको खोजी जारी छ।

तारा देवी नेपाल ( प्रकृति)

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...