राहात लिएर नेता नेपाल पुगे मेलम्ची



हाम्रो इकोनोमि

 

बाढी ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची बजारका पीडितहरुलाई सहयोग पुर्याउन प्रदेश सभा सदस्य अरुण नेपाल राहत लिएर मेलम्ची पुग्नुभएको छ। पुर्व मन्त्री अमृत बोहोरा,नेता तथा बरिस्ठ समाजसेवी एवं ब्यवसायी टपेन्द्र तिमिल्सिना,युवा नेता प्रदीप पौडेल, कुमार पौडेल लगायतको सहकार्यमा १०० बोरा चामल, ६० थान त्रिपाल,खाने तेल, नुन, दाल सहितका राहत सामाग्री लिएर नेता नेपाल मेलम्ची पुग्नु भएको हो। अविरल वर्षा सगै आएको बाढीले मेलम्ची बजार आसपासका सयौं घरहरुमा क्षती पुगेको छ भने धेरै परिवारका मानिसहरु बिस्तापित भएका छन।

बिस्थापित परिवारका मानिसहरुलाई आफन्त एवं विद्यालया आश्रय दिएर राखिएको छ। मेलम्ची नदिले बहावनै परिवर्तन गरेको छ।पहिले नदि बगेको स्थानमा माटो, बालुवा र लेदो थुप्रीएको छ भने नदिले बहाव परिवर्तन गरि बस्ती भएको ठाउँबाट नदि बगेको छ। बाढीमा परि आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही ब्यपत्ता भएकाको खोजी जारी छ।

तारा देवी नेपाल ( प्रकृति)

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...