जसपाका सबै मन्त्री पार्टीबाट निष्कासित



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार हाम्रो पक्ष नै जसपाको आधिकारिक हो भनेर बहुमत सदस्यहरू निर्वाचन आयोगमा भौतिक रुपमै उपस्थित भएर निवेदन दिनेछौं’, बैठकपछि जसपा नेता डम्बर खतिवडाले  भने । खतिवडाका अनुसार दलको नाम, विधान, झण्डा र निर्णयको आधिकारिकता दावी गर्न छिट्टै आयोगमा निवेदन दिइनेछ ।

बैठकले ढुंगा, गिटी लगायत खानीजन्य निर्माण सामाग्री निकासीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । पार्टीस्तरबाट चुरे संरक्षण अभियान चलाउने निर्णय समेत भएको नेता खतिवडाले जानकारी दिए । आजको बैठकमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरई अशोक राई, राजेन्द्र श्रेष्ठलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...