राष्ट्रपतिको निर्णय अदालतबाट बदर हुन सक्दैन



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति कार्यालयले राष्ट्रपतिबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन नसक्ने जिकिर गरेको छ । आज सर्वोच्च अदालतलाई प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटसम्बन्धी महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्दै राष्ट्रपति कार्यालयले अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नू भनी परमादेश जारी हुन नसक्ने समेत जिकिर गरेको छ ।

‘कसैको सिफरिश बिना राष्ट्रपति स्वयंबाट संविधान बमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नू भनी परमादेश जारी हुन सक्दैन,’ जवाफमा भनिएको छ,‘यस्तो माग गर्नु आफैमा संविधान विपरितको विषय हो भन्ने स्पष्ट छ ।’

जवाफमा धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दुईजना दाबीकर्ताले पेश गरेको दाबीमा विश्वासको मत प्राप्त गर्न सक्ने आधार रहे वा नरहेको विषयमा यकीन गरी निर्णय गर्ने अधिकार र कर्तव्य राष्ट्रपतिको भएको जिकिर गरिएको छ । जवाफमा भनिएको छ,‘यो विषय न्यायिक पुनरावलोकनको विषय पनि होइन ।’

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको र चुनाव पनि घोषणा नभएको आशयको जवाफ दिएकी छिन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको प्रधानमन्त्री बन्न नसकेपछि संविधान बमोजिम धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोकिएको उल्लेख छ ।

राष्ट्रपति कार्यालयले रिट निवेदन बदरभागी हुँदा खारेज गर्न माग गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गर्दै अदालतले प्रधानमन्त्री बनाउन नसक्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...