तिलमिलायो एमालेका एकताबिरोधी अतिवादी समूह



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पार्टी एकताको पक्षमा बक्तब्य जारी गर्नुभएपछि माधव नपाल समुहमा रहेका केही अतिवादी पक्षधर आतंकित बनेका छन । नेता खनालले थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि जारी गर्नुभएको वक्तव्यलाई लिएर माधव नेपाल समूहका केही नेताहरुले हस्ताक्षर नै दुरुपयोग भएको भन्दै अफवाह फैलाउन थालेका छन ।

पूर्वप्रधानमन्त्री खनालले बुधवार पार्टी एकताको पक्षमा बक्तब्य जारी गर्नुभएको थियो । खनालले बुधबार दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा धैर्य र संयमका साथ पार्टी एकता जोगाउन प्रयत्न गरे सफल हुने भन्दै विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ । खनालको सो वक्तव्य उहाँकै विचारविरुद्ध आएको भन्दै एमालेभित्रका अतिवादी र फूटपरस्त पक्षधरको वकालत गर्दै आउनु भएका जगन्नाथ खतिवडा, डा. विजय पौडेल, रामकुमारी झाँक्री लगायतका नेताले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको आरोप लगाउँदै एकताबिरोधी प्रतिक्रिया दिनुभएको छ । तर सो बक्तब्य एमाले नेता भीम आचार्यले ड्राफ्ट गरेको र खनाल स्वयंले अन्तिम रुप दिनुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले खनालले बिज्ञप्तीमा हस्ताक्षर गर्दा आफू परिवारका सदस्यसँगै अस्पतालमै रहेको बताउनु भएको छ ।

खनालको सचिवालय स्रोतका अनुसार खनालले आफू उपचारका लागि दिल्ली जानुअघि एकताको पक्षमा अपिल गर्ने इच्छा देखाउनु भएअनुसार विज्ञप्ति मस्यौदा गर्ने जिम्मा नेता आचार्यलाई दिनुभयो । आचार्यले मस्यौदा गरेका विज्ञप्तिमा केही शव्द थपघट गरेपछि स्वकीय सचिव कृष्ण भट्टराईले छाप लगाउनु भएको हो । खनालको हात कामेर हस्ताक्षर गर्न गाह्रो भएपछि आधिकारिक हस्ताक्षरको छपा लगाइएको थियो । एमाले नेता आचार्य पछिल्लो समय पार्टी एकताको पक्षमा खुलेरै लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...